
कपिलवस्तु, पुस १२ गते
पछिल्लो समय महिलाहरूको पहुँच बिस्तारै सबै तहमा बढ्दै गयको लुम्बिनी प्रदेश सभा सदस्य सुधाकर पाण्डेले बताउनु भएको छ । नेपालको संविधानले महिलालाई दिएको अधिकारका कारण पनि बिस्तारै सबै तहमा महिलाहरुको पहुँच बढ्दै गएको बताउनु भयो । दलित सामाजिक बिकास केन्द्रले आयोजना गरेको आत्म निर्भर अवधारणा सिकाई कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
साथै उहाले दलित सामाजिक केन्द्रले महिला सशक्तीकरण तथा बाल अधिकारको क्षेत्रमा गरेको कार्य प्रसंशा समेत गर्नु भयो । यस्तै कार्यक्रममा यशोधरा गाउपलिकाका उप– प्रमुख गुन्जा देबि मौर्याले बोल्दै महिला दिदी बहिनीका क्षमता बिकासका लागि विभिन्न कार्यक्रम सन्चालन गर्दै आएको र आगामी दिनमा समेत बजेट बिनियोजन गर्दै आउने प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य सरिता थारुले संस्थाले महिलाको आर्थिक, सामाजिक र राजनैतिक सशक्तीकरणका लागि खेलेको भुमिका सर्हानिय रहेको आंैल्याउनु भयो । कार्यक्रममा यशोधरा गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष अब्दुल कयुम शिक्षक अमित कुमार पाण्डे, दलित पत्रकार संघ कपिलवस्तुका अध्यक्ष सम्भु बिक लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिती प्रमुख बाबुराम आचार्य, प्रमुख जिल्ला अधिकारि विश्व प्रकाश अर्याल, पत्रकार महासंघ जिल्ला शाखा कपिलवस्तुका उपाध्यक्ष खग प्रसाद चापागाई विभिन्न संघ संस्थाका पमुख प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा हाल सम्म गरेको गतिविधिको विषयमा भिडियो डकुमेन्ट्री, सडक नटक प्रदर्शन गरिएको थियो । यस्तै असल जोडी सम्मान, खाना बनाउने प्रतियोगितामा उत्कृष्टलाई पुरस्कार बितरण गरिएको थियो ।
महिला सशक्तीकरण तथा बाल अधिकार संरक्षण परियोजना सन्चालन भएपछि हाल सम्म ८ सय ८३ जना विभिन्न पेसा व्यवसायमा जोडीन सफल भएको वरिष्ठ कार्यक्रम अधिकृत गोबिन्द धवलाले तथ्यांक प्रस्तुत गर्नु भएको थियो । अध्यक्ष सुरजमती पासिको अध्यक्षतामा सप्पन्न भएको कार्यक्रमको सन्चालन संस्थाका कर्मचारी धनकुमारी चौधरीले गर्नुभएको थियो ।
कार्यक्रममा स्वागत तथा कार्यक्रमको औचित्य बारे कार्यकारी निर्देशक रामशरण रैदासले प्रकाश पार्नु भएको थियो । यस्तै आत्मनिर्भर परियोजनाको बारेमा कार्यक्रम अधिकृत बिन्दावासिनी हरिजनले प्रस्तुतिकरण राख्नु भएको थियो ।

