हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगामा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल लुम्बिनी प्रदेशको पूर्ण विस्तारित बैठक बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । बाणगंगा २ नन्दनगरमा रहेको बाणगंगा खानेपानी तथा सरसफाई संस्थाको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालका केन्द्रिय अध्यक्ष राजेन्द्र अर्यालले चौथो राष्ट्रिय महाअधिवेशनबाट अध्यक्ष पदमा निर्वचित गराउनुहुने सम्पुर्णमा धन्यवाद दिदै अब गुणस्तरीय पानी उपलब्ध गराउनुपर्ने बताउनुभएको छ । उहाँले दर्ता भएका खानेपानी संस्थाहरु आगामी दिनमा पालिकासंग समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष अर्यालले सरकारको तथ्याङ्क अनुसार ४६ प्रतिशत गुणस्तरीय पानी भने बमोजिम जम्मा २८ प्रतिशत मात्रै पुरा भएको जनाउनुभयो ।

यस्तै बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले एक वडा एक खानेपानीको अभियानलाई अगाडी बढाएको बताउनुभयो । उहाँले नगर भित्र रहेका खानेपानी तथा सरसफाई उपभोक्ता महासंघसग स्थानीय सरकार सहकार्य गरेको जानउदै खानेपानीलाई व्यवस्थापन साथै सहजतामा समेत ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
बैठकमा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालको चौथो महाधिवेशनबाट निर्वाचित अध्यक्ष राजेन्द्र अर्याल, कोषाध्यक्ष साबित्रा रेग्मी, केन्द्रिय सदस्यहरु विश्व कार्की (कपिलवस्तु), नमुना पौडेल (कपिलवस्तु), अनिशा पौडेल (रुपन्देही), चन्द्रमणि पौडेल (बर्दिया), शेर बहादुर घर्ती (बाँके), राम मल्ल ठकुरी (गुल्मी), लेखा समिति संयोजक झपेन्द्रराज अर्याल, लेखा समिति सदस्य डिल्लीराज पाण्डे (गुल्मी) लाई बधाई ज्ञापन गर्दै दोसल्ला सहित सम्मान गरिएको छ ।

बैठकमा १२ वटै जिल्लाबाट उपस्थित प्रदेशका पदाधिकारी तथा सदस्यहरुले आ आफ्नो जिल्लाको समिक्षा तथा रिपोर्टिङ गर्नुभएको थियो भने ।
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालका केन्द्रिय कोषाध्यक्ष सावित्रा रेग्मीले खानेपानी जस्तो संवेदनशिल क्षेत्रलाई प्राथमिकताका साथ योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालका केन्द्रिय सदस्य बिश्व कार्कीले देशैभर रहेका अधुरा खानेपानीका योजनाहरु समयमै सम्पन्न गर्नका लागि लाग्नुपर्नेमा जोड दिनुभयो । बाणगंगा खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष समेत रहनुभएका कार्कीले म शब्दबाट हामी हुनुपर्ने बताउँदै आफु आवद्ध संस्थाको मात्र हितमा जोड नदिई अधुरा तथा साना खानेपानी योजनालाई अगाडि बढाई सर्वसाधारणलाई शुद्ध पानी उपलब्ध गराउन पतिवद्ध रहेको बताउनुभयो ।

खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल कपिलवस्तुका अध्यक्ष राजेन्द्र बिक्रम शाहले धन्यवाद मन्तब्य राख्दै प्रदेश बैठकका लागि कपिलवस्तु छनौट गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

बैठकका अध्यक्ष तथा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष थान प्रसाद गैरेले प्रदेशमा रहेका सम्पुर्ण खानेपानीलाई के कसरी व्यवस्थित गर्ने, रोकिएका तथा समयमा सम्पन्न हुन नसकेका आयोजनाहरुलाई कुन माध्यमबाट सम्पन्न गर्न सकिन्छ भन्ने तर्फ आफु लागिरहेको बताउनुभयो । विभिन्न जिल्लाका महासंघ र केन्द्रसंग समन्वय गरेर खानेपानी संस्थाको संरक्षण, प्रवद्र्धन तथा उपभोक्तालाई शुद्ध पानी उपलब्ध गराउन प्रतिवद्ध रहेको बताउनुभयो ।
प्रदेशका १२ वटै जिल्लाबाट प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको बैठक प्रदेश कोषाध्यक्ष उषा भण्डारीको स्वागत मन्तब्य तथा महासचिव शालिकराम भण्डारीको संचालनमा सम्पन्न भएको हो ।
तस्बिरहरु

























