ताजा अपडेट

दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सन्देशसहित बाणगंगामा माघी महोत्सव

विकास र सुशासनको समीक्षा गर्दै सरावल गाउँपालिकाको सत्रौँ अधिवेशन सम्पन्न

कांग्रेसको विशेष महाधिवेशन आजदेखि शुरु हुँदै

लक्ष्मणघाट सामाजिक विकास केन्द्रको चौथो अधिवेशन सम्पन्न, सरिता थारुको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन

लक्ष्मणघाटमा कृषि तथा पशु विकास सहकारीको १३औँ साधारण सभा तथा ५औँ अधिवेशन सम्पन्न

वेलफेयरद्धारा पृथ्वी जयन्ती को अवसरमा दिप प्रज्वलनको तयारी भोली राष्टिय एकताको सन्देश सहित मनाउने

माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

उद्योग व्यापार संघ सदैव सबै उद्योगी व्यवसायीको साथमा छ : अध्यक्ष भण्डारी

Lumbini Darpan 2 २०८१ पुष २०, शनिबार ०७:२२
[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु
उद्योग व्यापार संघले साना देखि ठूला सम्पूर्ण व्यवसाय सँगै सिङ्गो सरकारकै अर्थतन्त्रलाई चलायमान गराउन लागिपरेको उद्योग व्यापार महासंघका केन्द्रीय अध्यक्ष खिम भण्डारीले बताउनु भएको छ । उद्योग व्यापार संघ कपिलवस्तुको तेस्रो वार्षिक साधारण सभा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले व्यापार संघलाई कहिँकतै कुनै राजनीतिक दलको भातृ संगठन भनेको हल्ला सुनिने भन्दै यो विशुद्ध व्यवसायीहरूको पक्षमा काम गर्ने संघ रहेको स्पष्ट पार्नुभयो । अध्यक्ष भण्डारीले नेपाल खोलिएका जति पनि उद्योग बन्द छन् तीलाई चलायमान गराउनु पर्ने बताउनु भयो ।
उद्योग व्यापार महासंघका केन्द्रीय महासचिव खेम नारायण पराजुलीले उद्योग व्यापार संघ उद्योगी व्यापारीहरूको हकहितका लागि स्थापना भएको बताउनुभयो। उहाँले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै मझौला तथा साना व्यवसायीहरूलाई प्राथमिकतामा राखिएको उल्लेख गर्नुभयो ।

उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल कोपिलले व्यापार संघले जिल्लाका हरेक उद्योग व्यवसायलाई प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पार्नु भयो। उद्योग व्यापार क्षेत्रको प्रवद्र्धन, व्यवसायिक वातावरण सुधार, र व्यावसायिक सुरक्षाका लागि सुरुवात समयदेखि नै धेरै महत्त्वपूर्ण कामहरू गरेको समेत उहाँको भनाई छ। संस्थाले व्यावसायिक हक अधिकारको रक्षाका लागि काम गर्दै आएको बताउदै स्थानीय उत्पादनलाई जोड दिनुपर्नेमा बताउनु भयो ।

साथै, उहाँले साधारण सभाबाट आएका विचार र सुझावहरूले आगामी योजना निर्माणमा मार्गदर्शन गर्ने र सबैको एकता तथा सहकार्य आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै, उद्योग व्यापार महासंघका केन्द्रीय वाणिज्य उपाध्यक्ष बाबुराम पोख्रेल, एभरेस्ट चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज भारतका सह महामन्त्री लक्ष्मण पाण्डे लगायतले बोल्दै उद्योग व्यापार संघ कपिलवस्तुले स्थापनाकालदेखि नै उत्कृष्ट कार्य गर्दै आएको भन्दै प्रशंसा गर्नुभयो।

संस्थाका निवर्तमान अध्यक्ष हुमनाथ पौडेलले अर्थतन्त्रलाई सुधार गर्न सके मात्र देशको समग्र अवस्था सुधार हुन सक्ने बताउनुभयो । उहाँले सरकारलाई निजी क्षेत्रलाई प्राथमिकतामा राखेर अर्थतन्त्र उकास्ने खालका योजना ल्याउन आग्रह गर्नुभयो ।

त्यसैगरी, नेकपा एमाले कपिलवस्तुका अध्यक्ष बाबुराम खनाल, नेकपा माओवादी केन्द्र कपिलवस्तुका अध्यक्ष विष्णु वेल्वासे, राष्ट्रिय जनमोर्चा पार्टी कपिलवस्तुका अध्यक्ष रामप्रसाद वेल्वासे लगायतले कोरोना कालपछि व्यवसायीहरू समस्यामा परेको उल्लेख गर्दै सरकारले व्यवसायीहरूलाई माथि उठाउन रचनात्मक कार्यक्रम ल्याउनुपर्ने धारणा राख्नुभयो । केही गलत नेताका कारण राजनीतिक क्षेत्र बदनाम भएको टिप्पणी समेत उहाँहरूले गर्नुभयो ।

कार्यक्रममा कोषाध्यक्षको प्रतिवेदन शालिकराम आचार्य र सचिवको प्रतिवेदन बासुदेव खनालले प्रस्तुत गर्नुभएको थियो । यसै अवसरमा उद्योग व्यापार संघ कपिलवस्तुले नवनिर्वाचित पत्रकारलाई सम्मान गरीएको छ ।

उद्योग व्यापार संघका प्रेस सल्लाहकार तथा नवनिर्वाचित अध्यक्ष डिलाराम भुसालले समुदायको आर्थिक, सामाजिक, र व्यावसायिक विकासका लागि उद्योग र पत्रकारिताबीचको सहकार्यको महत्त्वलाई उजागर गर्दै अगाडि बढ्ने प्रतिवद्धता जनाउनुभयो। उद्योग व्यापार संघजस्तो महत्त्वपूर्ण संस्थाले मुलुकको आर्थिक समृद्धिमा पुर्याएको योगदान अत्यन्त प्रशंसनीय रहेको र उद्योगी, व्यापारी तथा पत्रकारहरूले समाजलाई दिगो विकासतर्फ अघि बढाउन एकसाथ काम गर्नुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज चन्द्र प्रसाद खनाल, विभिन्न राजनितिक दलका अध्यक्ष वा प्रतिनिधि, नागरिक समाज, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत सञ्चारकर्मि लगायको उपस्थित रहेको थियो ।

उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष पौडेलको अध्यक्षता, उपाध्यक्ष गिता पौडेलको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन सचिव खनालले गर्नु भएको थियो। यता कार्यक्रममा बराह होजियरी मोजा उद्योग र साफी एरियलका उत्पादन गाया छाप र एक्स्ट्रा टाइट सरफले उपस्थित सबैलाई आफ्नो उत्पादन सामग्री वितरण गरेको थियो ।


प्रकाशित : २०८१ पुष २०, शनिबार ०७:२२

Lumbini Darpan 2

लेखकबाट थप

  • चौथो शितगंगा महोत्सवको तयारी तिब्र
  • चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने
  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो
  • हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान
  • प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा
प्रतिक्रिया

यो पनि पढौँ

सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सन्देशसहित बाणगंगामा माघी महोत्सव

लक्ष्मणघाट सामाजिक विकास केन्द्रको चौथो अधिवेशन सम्पन्न, सरिता थारुको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन

माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

कपिलवस्तु कारागार फरार प्रकरण: प्रहरीले एक जनालाई पक्राउ गर्‍यो

कपिलवस्तुको मायादेवीमा बोर्डिङको बस दुर्घटनामा ७ बालबालिका घाइते

बाणगंगा नगरपालिकाको घुम्ती शिविरबाट ९ सय ७० जनाले लिए सेवा

कपिलवस्तु-३ मा प्रतिनिधिसभा सदस्यका लागि चार उम्मेदवार सिफारिस

एमालेबाट विश्राम प्रसाद थारु कपिलवस्तु–१ मा एकल सिफारिस

बुटवल गोरुसिंगे गौरवको आयोजनामा निर्माण सामाग्री अभाव, जिम्मा लिएको लुम्बिनी क्रेशरबाट रोकिएन तस्करी

कपिलवस्तुको कृष्णनगरबाट साढे ५ लाख बढीको अवैध सामग्री बरामद

गुल्मी- १ मा एमालेबाट प्रदीप ज्ञवाली एकल सिफारिस, २ मा विष्ट-झाँक्रीसहित ६ जना

भर्खरै

  • दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

  • सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

  • सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सन्देशसहित बाणगंगामा माघी महोत्सव

  • विकास र सुशासनको समीक्षा गर्दै सरावल गाउँपालिकाको सत्रौँ अधिवेशन सम्पन्न

  • कांग्रेसको विशेष महाधिवेशन आजदेखि शुरु हुँदै

  • लक्ष्मणघाट सामाजिक विकास केन्द्रको चौथो अधिवेशन सम्पन्न, सरिता थारुको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन

  • लक्ष्मणघाटमा कृषि तथा पशु विकास सहकारीको १३औँ साधारण सभा तथा ५औँ अधिवेशन सम्पन्न

  • वेलफेयरद्धारा पृथ्वी जयन्ती को अवसरमा दिप प्रज्वलनको तयारी भोली राष्टिय एकताको सन्देश सहित मनाउने

  • माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

  • कपिलवस्तु कारागार फरार प्रकरण: प्रहरीले एक जनालाई पक्राउ गर्‍यो


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech