
हरि आचार्य, कपिलवस्तु
ग्रिल, स्टिल तथा आल्मुनियम व्यवसायी संघ कपिलवस्तुको अध्यक्षमा कुल बहादुर सोमै चयन हुनुभएको छ । संघको बाणगंगा ७ खारखानीमा सम्पन्न दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा सोमै सर्वसम्मत रुपमा चयन हुनुभएको हो ।
जसको उपाध्यक्षमा ईश्वरी खनाल, सचिवमा विजय शंकर विक, कोषाध्यक्षमा बिष्णु कार्की, सह–सचिवमा टिकाराम भण्डारी, सदस्यहरुमा प्रभु डांगी, गिरीराज भण्डारी, निरञ्जन कंडेल, रमेश भुसाल, सुरज पौडेल, नारायण खनाल, बिसम्बर चौधरी, शंकर चौधरी सर्वसम्मत रुपमा चयन हुनुभएको हो । भेषराज अर्यालको संयोजकत्वमा सल्लाहकार समिति तथा प्रेमलाल भुसालको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ ।
कार्यक्रमका संघका जिल्ला अध्यक्ष भेषराज अर्याल (गोपाल) ले प्रस्तुत गरेको अध्यक्षको प्रतिवेदन, सचिव कुल बहादुर सोमैले प्रस्तुत गरेको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष देवीकुमारी कार्कीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि ग्रिल, स्टिल तथा आल्मुनियम व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश अध्यक्ष अशोक कुमार वर्माले भारतबाट आएर व्यक्तिगत रुपमा ग्रिल जन्य सामग्री विक्रि गर्दा राज्यलाई कर तिरेका व्यवसायीहरु मारमा परेको बताउदै यो अवस्थालाई सुधार गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले महासंघ सम्पुर्ण व्यवसायीहरुको छाता संघ भएको व्यवसायीको हितमा सदैव रहने बताउनुभयो ।
संघका प्रदेश महासचिव राम प्रसाद पाण्डेय, प्रदेश उपाध्यक्षहरु दिल बहादुर सुनार, कृष्ण बहादुर सुनार, सह कोषाध्यक्ष सुर्य बहादुर ढुंगाना, प्रदेश कार्यसमितिका सदस्य, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्य, ग्रिल व्यवसायीहरुको उपस्थिती रहेको कार्यक्रम सचिव कुल बहादुर सोमैको सञ्चालनमा सम्पन्न भएको थियो ।

