ताजा अपडेट

जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

अपांग उत्थान समाज कपिलवस्तुले मनायो रजत महोत्सवः स्मारिक विमोचन तथा खेलहरु सम्पन्न

Lumbini Darpan 2 २०८१ पुष २९, सोमबार १९:१६
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
अपांग उत्थान समाज कपिलवस्तुको रजत महोत्सव तथा स्मारिका विमोचन समारोह भव्य रुपमा सम्पन्न गरिएको छ । बाणगंगा ४ ठाकुरापुरमा कार्यक्रमको आयोजना गरि समाजको रजत महोत्सव मनाउनुका साथै स्मारिका विमोचन समेत गरिएको हो । यस अघि २ दिन विभिन्न कार्यक्रमहरु समेत आयोजना गरिएको थियो ।

समारोहलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य विष्णु प्रसाद पन्थीले देश पूर्ण रुपमा अपांगतामैत्री हुदै गएको बताउनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सांसद पन्थीले अपांगता भएका व्यक्तिहरूको हक, हित सुनिश्चित गर्न उनीहरूको जीवनस्तर सुधार्न तिनै तहका सरकारको साझा प्रयास आवश्यक रहेको बताउनुभयो । पन्थीले अपांगता भएका व्यक्तिहरूको अधिकारका लागि स्वास्थ्य सेवा, शिक्षा, रोजगार र पहुँचमा सुधार ल्याउने नीति र कार्यक्रमहरू बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले अपांगता भएका व्यक्तिहरुको हक हित र संरक्षणका लागी विभिन्न संघ संस्थाहरुले समन्वय गर्न आवश्यक रहेको बताउनुभयो ।

बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले अपांगता भएका व्यक्तिहरूलाई शिक्षा र स्वास्थ्य सेवामा समान अवसर प्रदान गर्ने बताउदै रोजगारीका लागि विशेष कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताउनुभयो । प्रमुख अर्यालले अपांगता भएका व्यक्तिहरूलाई स्थानीय सरकारले बजेट समेत विनियोजन गरेको बताउनुभयो । उहाँले उनीहरुको हक हितका पक्षमा नगर सदैव तयार रहने प्रतिवद्धता जनाउदै अपांगता भएका व्यक्तिहरुलाई समाजमा कुनै प्रकारको भेदभाव गर्न नहुने बताउनुभयो ।

बाणगंगा नगरपालिकाका उपप्रमुख रिता कुमारी चौधरीले अपांगता भएका व्यक्तिहरूको हक र अधिकारका लागि निरन्तर पहल गर्दै आएको बताउदै संस्थाको भवन निर्माणमा सहयोग गर्दै आएका बताउनुभयो । उहाँले जो कोही जुन समयमा पनि अपांगता हुन सक्ने भन्दै सबै संग सहकार्य गरी अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।

राष्ट्रिय अपांग महासंघ नेपालका निर्वातमान अध्यक्ष तथा अपांग उत्थान समाज कपिलवस्तुका संस्थापक अध्यक्ष मित्रलाल शर्माले अपांगता भएका व्यक्तिहरुको हक अधिकार स्थापनाका लागि राज्यको नीति आवश्यक रहेको बताउनुभयो । उहाँले अपांग उत्थान समाजलाई सबैले सहयोग तथा सहकार्य गरेकोमा धन्यवाद प्रकट गर्नुभयो । अपांग उत्थान समाज कपिलवस्तुका परिकल्पनाकार समेत रहनुभएका शर्माले स्थापनाकाल देखि अहिले सम्म गरेका कामहरुको बारेमा जानकारी गराउँदै अपांगता भएका नागरिकहरुलाई रोजगार स्वरोजगारमा जोडि आत्मनिर्भर बनाउन आफुले कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

अपांग उत्थान समाज कपिलवस्तुका अध्यक्ष कमल प्रसाद ढुङ्गनाले संस्था कुनै पनि राजनैतिक दल संग आवद्ध नभएको स्पष्ट पार्दै संस्थालाइ अघि बढाउन सबैको साथ र सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

राष्ट्रिय अपांग महासंघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष हुमनाथ अधिकारी, पर्शुराम ज्ञवाली, मावि स्तरिय वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी नाइसा अधिकारी लगायतले आ–आफ्नो भनाइ राख्नुभएको थियो ।

यसैविच उक्त कार्यक्रममा संस्थामा स्थापनाकालदेखी महत्वपूर्ण योगदान दिदैं आएका व्यक्ति तथा रजत महोत्सवको अवसरमा आयोजना गरिएको विभिन्न खेलकुद तथा वक्तृत्वकला प्रतियोगितामा विजेता भएकाहरुलाई नगद सहित प्रमाणपत्रले सम्मान गरिएको थियो ।

समाजका अध्यक्ष कमल प्रसाद ढुङ्गनाको अध्यक्षता, उपाध्यक्ष नन्द किशोर यादवको स्वागत मन्तव्य तथा सचिव ढाकाराम अधिकारीको संचालनमा सम्पन्न कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार तथा अपांगता भएका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।


प्रकाशित : २०८१ पुष २९, सोमबार १९:१६

Lumbini Darpan 2

लेखकबाट थप

  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
प्रतिक्रिया

यो पनि पढौँ

जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष

भर्खरै

  • जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

  • रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

  • तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

  • रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

  • रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

  • अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

  • १९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech