बाणगंगामा राष्ट्रिय सांस्कृतिक पर्व ‘मगर माघे महोत्सव’ सुरु, यस्ता छन् आकर्षण !

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले सबै जातजातिको धर्म, संस्कृति र परम्परा संरक्षण गर्नु नगरपालिकाको दायित्व रहेको बताउनुभएको छ । राष्ट्रिय सांस्कृतिक पर्व मगर माघे महोत्सव –२०८१ लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले माघे स्रंकान्ती एक महान धार्मिक, सांस्कृतिक पर्व समेत रहेको बताउदै समाजमा उन्रति, समृद्धि ल्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस्ता पर्वहरु नयाँ पुस्ताहरुले बुझन आवश्यक रहेको बताउनुभयो ।

नेपाल मगर संघ बाणगङ्गा नगर समितीका अध्यक्ष यमकुमारी गाहा मगरले एकअर्काको संस्कृतिलाई सम्मान गर्दै देशभित्रका हरेक धर्म संस्कृति बचाउनुपर्नेमा जोड दिनुभयो । उहाँले महोत्सव बुधबार सम्म सञ्चान हुने जानकारी दिदै सम्पुर्णलाई उपस्थितिका लागी अनुरोध समेत गर्नुभयो ।

बाणगंगा नगरपालिका वडा नं २ का अध्यक्ष बिष्णु प्रसाद पौडेल, १ का अध्यक्ष सञ्जु सारु, ७ का अध्यक्ष बिष्णु गिरी, ४ का अध्यक्ष रवि रेस्मी मगर, वडा नं ६ का करुण टण्डन, वडा नं ११ का अध्यक्ष नरेन्द्र थारु, नागरिक समाज कपिलवस्तुका पूर्व अध्यक्ष दोलक बहादुर पछाई, वर्तमान अध्यक्ष, अर्जुन पोख्रल नेपाल मगर संघ केन्द्रीय सदस्य चोपलाल राहूल मगर, लक्ष्मि सारु मगर, नेपाल मगर संघ लुम्बिनी प्रदेश मुख्य सचिव कुल बहादुर सोमै, सदस्य बिष्णु थापा, नेपाल मगर महिला संघ लुम्बिनी प्रदेश सदस्य बिष्णु राना, नेपाल मगर महिला संघ जिल्ला अध्यक्ष लक्ष्मि आले, नेपाल मगर बौद्ध समाज अध्यक्ष तिल बहादुर झेडी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

यस्तै कार्यक्रममा मगर जातीय पहिचान झल्किने भेषभूषा र गरगहना पहिरिएर चार नम्बर चोक देखी बुद्ध रंगशाला सम्म झाँकीसहितको ¥याली निकालिएको थियो । महोत्वसवमा आफ्नो संस्कार र संस्कृतिअनुसारको खानपानको पनि बन्दोबस्त गरिएको थियो।

नेपाल मगर संघ बाणगङ्गा नगर समितिका अध्यक्ष यम कुमारी गाहाको अध्यक्षतामा भएको कार्यक्रम नेपाल मगर संघ जिल्ला अध्यक्ष मोहन सिंजालीको स्वागत तथा सञ्चारकर्मी मिना गाहा मगरको सञ्चालन भएको कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि राजनैतिक दलका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित : २०८१ माघ २, बुधबार ०६:१२