कपिलवस्तुको बाणगंगामा मोटरसाइकल दुर्घट्ना : २ जनाको मृत्यु

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस, कपिलवस्तु

कपिलवस्तुमा दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् ।

वाणगंगा नगरपालिका ११ स्थित भित्री सडकखण्डमा गएराति करिब साढे १० बजेतिर नेपाली र भारतीय नम्बरका दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा यूपी ५५ ए एच ७०९० नम्बरको मोटरसाइकलमा चालक कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका ३५ वर्षीय नेहामन अली र लु १० प ४४९६ नम्बरको मोटरसाइकल चालक सैनामैना–४ बस्ने वर्ष २७ को रोमन थारु छन् ।
उनीहरुको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता एवम् डिएसपी डिएसपी मोहनमणि अधिकारीले जानकारी दिए ।

दुर्घटनामा घाइते २६ वर्षीय अजय थारुको अस्पतालमा उपचार भइरहेको छ ।


प्रकाशित : २०८१ माघ ३, बिहीबार ०८:१६