बाणगंगाका ५ हजार किशोरीलाई माघ २९ गते बाट एच.पी.भी.खोप लगाइँदै

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस, कपिलवस्तु

कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिकामा एच.पि.भी खोप अभियानलाई प्रभावकारी बनाउन पालिका स्तरिय समन्वय समिति बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । महिलामा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप कार्यक्रममा नगरका करिब ५ हजार किशोरी लाभान्वित हुने अनुमान गरिएको छ । कार्यक्रममा खोप अभियानको महत्व, लक्ष्य समूह, सञ्चालन प्रक्रियासँग सम्बन्धित विषयहरूमा छलफल गरिएको थियो ।

वाणगंगा नगरपालिकाका मेयर तथा अभिमुखीकरण कार्यक्रमका अध्यक्ष चक्रपाणी अर्यालले एच.पि.भी खोपले पाठेघरको क्यान्सर रोकथाममा महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसलाई प्रभावकारी बनाउन सबै तहबाट सहयोग जुटाउनु पर्नेमा जोड दिनुभयो । साथै उहाँले नेपाल सरकारको महत्वपुर्ण अभियानलाई बाणगंगा नगरपालिकाले पनि सफल पार्ने दावि गर्नुभयो । यस खोपबाट कोहि छुट्न नहुने बताउदै किशोरी सँगै अभिभावकलाई पनि सचेतना बनाउनु पर्ने उहाँको भनाई थियो ।

जनस्वास्थ्य अधिकृत गरिमा घिमिरेले पाठेघरको मुखको क्यान्सर,यसको रोकथाम सँगै निवारणको बारेमा बताउनु भएको थियो । खोप अभियानलाई सफल बनाउन समुदायमा स्वास्थ्य शिक्षा र जनचेतनाको आवश्यक बारे बताउदै खोप निशुल्क र सुरक्षित रहेको बताउनु भयो ।

बाणगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले कार्यक्रमको उद्देश्यबारे बताउँदै नगरमा माघ २९ गते बाट खोप लगाउने जानकारी गराउनु भयो । किशोरीलाई खोप लगाउदा सम्बन्धित वडाका स्वास्थ्य स्वयम्सेवीका र सम्बन्धित विद्यालयका शिक्षीकाद्धारा स्वयम्सेवीकाको भुमिकामा रहने बताउनु भयो । साथै उहाँले अभियानलाई सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै किशोरीहरूको खोप पहुँच सुनिश्चित गर्न विशेष योजना तयार पारिएको जानकारी गराउनु भयो ।

अभिमुखीकरण कार्यक्रम बाणगंगा नगरपालिकाका उपमेयर रिता कुमारी चौधरी, प्रमख प्रशासकीय अधिकृत भक्तिराम मरासीनी, वडा अध्यक्षहरु, पिपरा अस्पतालका मेसु सरस्वति भट्राई, हरेक वडाका स्वास्थ्य संस्था प्रमुखहरु लगायत पत्रकारहरुको सहभागिता रहेको थियो । नगरका स्वास्थ्य अधिकृत भक्तिराम पाण्डेले सञ्चालन गरेको कार्यक्रममा अभिमुखीकरण कार्यक्रमका उपस्थित सहभागीहरूले खोप अभियान सफल बनाउनका लागि स्वास्थ्य शिक्षा, जनचेतना र सेवा वितरणलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याएउनु भएको थियो । पालिका स्तरिय यो अभियानले वाणगंगा नगरपालिकामा एच.पि.भी खोपको प्रभावकारिता र जनचेतना बढाउन महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ ।

पछिल्लो समय नेपालमा पनि महिलाको पाठेघरको मुखको क्यान्सर प्रमुख स्वास्थ्य समस्याका रूपमा देखा परेकाले रोग नियन्त्रणका लागि फलदायी हुने अपेक्षाका साथ नेपाल सरकारले यस वर्षदेखि देशब्यापी कार्यक्रम ल्याएको हो । सरकारले यही माघ २२ देखि आगामी फागुन ६ सम्म देशभरि नै कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका बालिका र किशोरीलाई खोप लगाउने तयारी गरेको छ ।


प्रकाशित : २०८१ माघ ७, सोमबार १९:१०