
हरि आचार्य, कपिलवस्तु
संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन संघ जिल्ला शाखा कपिलवस्तुले संघको स्थापना दिवस मनाएको छ । जिल्ला शाखा कपिलवस्तुले संघको सातौं स्थापना दिवस द्विप प्रज्वलन कार्यक्रम गरि भव्यताका साथ मनाएको हो । कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित कपिलवस्तु सामुदायिक अस्पतालको अगाडि दिप प्रज्वलन गरिएको संघका जिल्ला अध्यक्ष कमल घिमिरेले लुम्बिनी दर्पणलाई जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला अध्यक्ष घिमिरेले देशै भर छरिएर रहेका सम्पुर्ण एम्बुलेन्स चालकहरुलाई स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै जनताको सेवामा अनवरत रुपमा अझ सक्रियताका साथ लाग्ने बताउनुभयो । उहाँले एम्बुलेन्स सेवा जस्तो संवेदनशिल क्षेत्रलाई संघले भरपर्दो र विश्वासिलो बनाउन संघले विभिन्न योजनाहरुको बनाएको बताउँदै कार्यान्वयन गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा कपिलवस्तु जिल्लाका एम्बुलेन्स चालकहरुको उपस्थिती रहेको थियो ।

