बाणगंगा १० मा सिकलसेल एनिमिया पहिचानका लागि स्क्रिनिङ शिविरः ४ सय २४ ले सेवा लिए

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य, कपिलवस्तु

कपिलवस्तुको बाणगंगा नगरपालिकाले वडा नं. १० पटनामा सिकलसेल एनिमिया रोगको पहिचानका लागि स्क्रिनिङ शिविर सञ्चालन गरेको छ । बाणगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यलय स्वास्थ्य शाखाको आयोजनामा श्री कामता माध्यमिक विद्यालय करैलियामा सो २ दिने शिविर सम्पन्न भएको हो । पहिलो र दोस्रो दिन ४ सय २४ जनाको रगत संकलन गरिएको स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिनुभयो । शाखा प्रमुख पौडेलले स्वास्थ्य शाखाको बार्षिक नीति तथा कार्यक्रममा समावेश गरेर प्रत्येक बर्ष गरिदै आएको उक्त शिविरमा लुम्बिनी प्रदेशिक जनस्वासथ्य प्रयोगशाला रुपन्देही र जिल्ला स्वास्थ्य कार्यालय कपिलबस्तुको प्राविधिक सहयोग रहेको बताउनुभयो ।

शिविरको उद्घाटन कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिकाका उपप्रमुख रिता कुमारी चौधरीले सिकलसेल थारु समुदायमा बढि देखिने भएको बताउदै यो रोग रगतसँग सम्बन्धित भएको बताउनुभयो । उहाँले रोग पहिचानका लागि थारू समुदायका बस्तीमा स्वास्थ्य शाखा मार्फत हरेक बर्ष शिविर सञ्चालन गर्दै आएको बताउनुभयो ।

बाणगंगा नगरपालिकाका स्वास्थ्या शाखा प्रमुख ठग्गराज पौडेलले उद्धेश्यबारे जानकारी दिदै बाणगंगामा सिकलसेल एनिमियाका बिरामी पत्ता लगाउन शिविर सञ्चालन गरिएको बताउनुभयो ।

वडा नं. १० का वडा अध्यक्ष यम प्रसाद पोख्रेलको अध्यक्षतामा भएको उद्घाटन शिविर पटना स्वास्थ्य चौकी प्रमुख प्रशुराम चौधरीको संचालनमा सम्पन्न भएको हो । कार्यक्रममा नगरका स्वास्थ्यकर्मी, स्वयमसेविका, विद्यालयका शिक्षक, समाजसेवि, बुद्धिजिवी, संचारकर्मी लगाएतको उपस्थिती रहेको थियो । सेवा लिएसंगै स्थानीयले खुसी व्यक्त गरेका छन् ।

 


प्रकाशित : २०८१ माघ १५, मंगलवार २०:४३