
हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिका ५ नौडिहवा निवासी संचारकर्मी स्व.दुर्गा प्रसाद काफ्लेको परिवारलाई कपिलवस्तुका पत्रकारहरुको टोलीले सहयोग रकम प्रदान गरेको छ । प्रेस चौतारी नेपाल कपिलवस्तु, नेपाल पत्रकार महासंघ कपिलवस्तु, लुम्बिनी दर्पण साप्ताहिक तथा जिल्लाका अन्य पत्रकारहरुद्धारा संयुक्त रुपमा संकलन गरिएको उक्त सहयोग रकम स्व.काफ्लेका बुवालाई हस्तान्त्रण गरिएको हो ।
प्रेस चौतारी नेपाल कपिलवस्तुको रु २० हजार, नेपाल पत्रकार महासंघ कपिलवस्तुको १० हजार, लुम्बिनी दर्पण राष्ट्रिय साप्ताहिकको रु ५ हजार तथा जिल्लाका अन्य पत्रकारहरुद्धारा संकलित रु ११ हजार गरि जम्मा ४६ हजार सहयोग रकम हस्तान्त्रण गरिएको हो । प्रेस चौतारी नेपाल कपिलवस्तुका अध्यक्ष बाबुराम रायमाझी, नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसाल, नेपाल पत्रकार महासंघ कपिलवस्तुका कोषाध्यक्ष तथा लुम्बिनी दर्पण साप्ताहिकका प्रबन्धक मोहन बेल्बासेले उक्त सहयोग रकम हस्तान्त्रण गर्नुभएको हो ।
साथै कपिलवस्तुका क्रियाशिल सम्पुर्ण पत्रकारहरुले शोक सभा मार्फत स्व.काफ्ले प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै १ मिनेट मौनधारण गर्नुका साथै शोकाकुल परिवार प्रति समवेदना प्रकट गरेका थिए ।
नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले संचारकर्मी काफ्लेको निधन प्रति दुःख व्यक्त गर्दै आगमी दिनमा आगामी दिनमा शोकाकुल परिवारको साथमा सदैव रहेको बताउनुभयो ।
जिल्लाका क्रियाशिल पत्रकारहरुको उपस्थिती रहेको शोक सभाको सहजिकरण नेपाल पत्रकार महासंघ कपिलवस्तुका सचिव सनिउल्ला धोवीले गर्नुभएको थियोे ।