हिलबर्ट स्कुलले जित्यो ‘प्रथम उप–मेयर कप खुल्ला महिला भलिबल’ को उपाधी

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगामा सम्पन्न प्रथम उप–मेयर कप खुल्ला महिला भलिबल प्रतियोगिता २०८१ को उपाधी हिलबर्ट इङ्गलीस बोर्डिङ्ग स्कुलले जितेको छ । बाणगंगा नगरपालिकाद्धारा आयोजित बुद्ध रंगशालामा सम्पन्न उप–मेयर कप खुल्ला महिला भलिबल प्रतियोगिताको फाइनल खेलमा हिलबर्टले एभरेष्ट इङ्गलीस बोर्डिङ्ग स्कुललाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो ।

हिलबर्टले पहिलो सेट २५–१६, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले जितेको हो । यसैगरी, न्यू होराइजन बुटवल तेस्रो भएको छ भने कान्ती मावि बुटवल चौथो भएको छ । प्रतियोगिताका विजयी टिमहरूले नगद पुरस्कार प्राप्त गरेका छन् । पहिलो हुने टोलीलाई ८० हजार, दोस्रो हुनेलाई ५० हजार, तेस्रो हुनेलाई ३० हजार र चौथो हुने टोलीलाई १५ हजार रुपैयाँ प्रदान गरिएको छ ।

उपाधी जित्न सफल हिलबर्ट इङ्गलीस बोर्डिङ्ग स्कुलका प्रबन्ध निर्देशक बुद्धि पौडेलले हिलबर्ट स्कुलले पठनपाठनसंगै अतिरिक्त क्रियाकलाप र खेलकुद क्षेत्रलाई पनि प्राथमिकता दिएकाले यो नतिजा प्राप्त भएको बताउनुभयो । साथै विद्यालयका अध्यक्ष दिपक खनाल, प्रबन्ध निर्देशक बुद्धि पौडेल, प्रिन्सिपल शिव कुमार पोख्रेलले उत्कृष्ट खेल प्रस्तुत गरेकोमा खेलाडीहरुलाई धन्यावाद व्यक्त गर्दै उपाधी जित्न सफल भएकोमा बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधागत पुरस्कार प्रदान गरिएको छ । एभरेष्टकी मिना सुनार ‘बेस्ट स्पाइकर’, हिलबर्टकी प्रगति नाथ ‘बेस्ट सेटर’, एन्जीला प्रधान ‘बेस्ट डिफेन्स’ घोषित भए । त्यस्तै, न्यू होराइजन बुटवलकी प्रतिभा चौधरीले ‘बेस्ट सर्भर’ को उपाधि जितिन् । हिलबर्टका सुमित्रा रेग्मी ‘बेस्ट ब्लकर’, सलिना बुढा ‘बेस्ट प्लेयर’ तथा भरत थापा ‘बेस्ट कोच’ घोषित भए ।


प्रकाशित : २०८१ फाल्गुन ९, शुक्रबार १९:२६