
लुदस, कपिलवस्तु
४३ औं मगर स्थापना दिवस कपिलबस्तु सहित देशैभरका मगर समुदायले धुमधामका साथ मनाएका छन् । यता कपिलबस्तुको बाणगंगा नगरपालिकामा पनि भव्य कार्यक्रम गरि ४३ औं मगर स्थापना दिवस मनाईएको छ । मगरात सभ्यताको दस्तावेजिकरण गर्दै लखन सास्कृतिक संग्रहालय बनाऔं, सांगठनिक उत्सवको रुपमा संघको ४३ औं स्थापना दिवस मनाऔं भन्ने मुल नाराका साथ दिवस मनाइएको हो ।
कार्यक्रममा नेपाल मगर सघंका केन्द्रिय सदस्य चोपलाल राहुलमगरले मगरले कार्यक्रमको उद्घाटन गदै सबैको एकता र सहकार्यले मगर समाजलाई नयाँ उचाईमा पु¥याउने सकिने बताउनुभयो । उहाले मगर समुदायको पहिचानको रुपमा रहेका कला र संस्कृति संरक्षण एवं प्रवर्धनमा सबै एकजुट हुनुपर्ने बताउनुभयो ।
कार्यक्रमका बिशिष्ठ अतिथि बाणगंगा नगरपालिकाका नगर उप–प्रमुख रिता कुमारी चौकरीले समपुर्ण र संघर्षको प्रतीकका रुपमा मगर समाजको योगदानको चर्चा गर्नुभयो । उहाँले मगर समुदायका संस्कृति र परम्पराको संरक्षणमा नगरपालिकाले सहयोग पुर्याउने समेत बताउनुभयो । यस्तै कार्यक्रममा नेपाल मगर सघं जिल्ला सल्लाहकार टोप बहादुर थापा, नेपाल मगर बौद्ध समाजका केन्द्रिय सदस्य उम्मर बहादुर थापा लगाएतले बोल्नु भएको थियो ।
कार्यक्रममा मगर भेषभूषासहित मगर समुदायमा प्रचलित झ्याउरे, सालैजो, लगायतका विभिन्न नृत्य तथा झाँकी प्रस्तुत गरिएको थियो । मगर समुदायका विभिन्न विशिष्ठ व्यक्तिहरू र स्थानीय नागरिकहरूको उत्साहजनक उपस्थितिले वातावरणलाई रोचक बनाएको थियो ।
नेपाल मगर सघं बाणगंगा नगर समितीको आयोजना, बाणगंगा नगरपालिकाको सहयोग तथा नेपाल मगर सघं जिल्ला समन्वय परिषद कपिलबस्तु, नेपाल मगर विद्याथी संघ जिल्ला समिती कपिलबस्तुको सहयोगमा सम्पन्न भएको कार्यक्रममा हजारौंको उपस्थिती रहेको थियो । नगर समितिका अध्यक्ष याम कुमारी गाहाको अध्यक्षतामा भएको कायक्रमको संचालन मिना राना गाहाले गर्नुभएको थियो ।
यसैविच नेपाल मगर सघं बाणगंगा नगरपालिका वडा नं. ६ वडा समितिले पनि बनकसियामा ४३ औं मगर स्थापना दिवस एक कार्यक्रमको आयोजना गरि मनाइएको छ । विविधतामा एकता हुदैं मगर हुनुमा गर्व गरौं, अग्रजको सम्मान र नया पुस्तालाई प्रोत्साहन गरौं भन्ने नाराका साथ दिवस मनाइएको हो । नगर प्रमुख रिता कुमार चौधरीले कार्यक्रमको उद्घाटन गर्दै नगरपालिकाकाले सबै समुदायको संस्कृतीलाई सम्मान गर्दै सबै जातजातीको भाषा, भेषभुषा संस्कृती संरक्षण निम्ती नगरले बजेट विनियोजन गर्दै आएको बताउनुभयो ।
यस्तै कार्यक्रमका विशिष्ठ अतिथी वडा नं. ६ का वडा अध्यक्ष करुण टण्डनले मगर समुदायका नेताहरू, बुद्धिजीवी, तथा विभिन्न सङ्गठानका प्रतिनिधिहरूले मगर जातिको उत्थान र समृद्धिका लागि साझा कदम चाल्न आग्रह गर्नुभयो । नेपाल मगर संघ वडा समितीका अध्यक्ष हुम बहादुर घर्ति मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रतिनीधी, विभिन्न संघ संस्थाका अध्यक्ष, प्रतिनिधी, समाजसेवी, बुद्धिजिबी स्थानीय समुदायको उपस्थिती रहेको थियो ।

