
नगेन्द्र केसी
फागुन २४
रुपन्देहीको शुद्धोदन गाउँपालिकाको आयोजनामा जनप्रतिनिधि र कर्मचारीहरुका लागि तिनदिने क्षमता विकास तथा पुनर्ताजगी सम्बन्धि तालिम बिहीबारदेखि सुरु भएको कार्यक्रम शनिबार पालिकाको सभा हलमा सम्पन्न भएको छ।
अवसरमा बोल्दै गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद बस्यालले काम गर्ने दौरानमा जनप्रतिनिधि र कर्मचारीबीच कसरी तादात्मयता मिलाउने र कसरी समन्वय गरेर काम गर्ने भन्ने विषयमा तीन दिने तालिम महत्वपूर्ण भएको बताउदै । वहाले काम गर्दा अपनाउनु पर्ने प्रक्रियाहरु, सार्वजनिक खरिद ऐनका विषय लगायत कार्यसम्पादनसँग जोडिएका कुराहरुमा तालिमबाट धेरै सिक्ने र जान्ने अवसर प्राप्त भएको बताउनुभयो ।
गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष हेम खड्काले यस तालिम स्मरण गर्दै चित्रले भन्दा पनि चरित्रले चिनिनु पर्ने भन्दै चरित्र राम्रो भयो भने तस्बीर आफै राम्रो देखिने बताउदै । सकारात्मक सोच हुनु नै राम्रो देखिनु हो भन्दै तालिमले धेरै कुरा सिकाएको बताउनुभयो।शुद्धोदन गाउँपालिका कार्यालय प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले कर्मचारी र जनप्रतिनिधि मार्फत सेवाग्राहीले सहज रुपमा सेवा पाउन र सेवालाई थप चुस्त दुरुस्त बनाउन यस्तो तालिमले धेरै सहयोग पुर्याउने बिश्वास ब्यक्त गर्नुभयो।
प्रशिक्षणमा सहभागीहरुलाई सिकाइले आफ्नो अनुभव दक्षता र रचनात्मक कार्य गर्न उत्प्रेरणा प्राप्त गर्न सो तालिमको आयोजना गरिएको बताउनुभयो। सो क्षमता विकास तथा पुनर्ताजगी तालिम छत्रदेव गाउँपालिका पुर्व अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघ नेपालका सल्लाहकार लेखनाथ पोख्रेल र अभिव्यक्त झंकर कुवर इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रामचन्द्र अर्यालले तालिमको सहजीकरण गर्नुभएको थियोे।
गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीको स्वागतमा र महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख लक्ष्मी खत्रीको सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको थियो।

