
हरि आचार्य, कपिलवस्तु
राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपाल जिल्ला कमिटी कपिलवस्तुको अध्यक्षमा शिव खनाल चयन हुनुभएको छ । महासंघको गोरुसिंगेमामा दशौं जिल्ला अधिवेशनबाट अध्यक्षमा खनाल सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको हो । नवगठित जिल्ला कमिटीको उपाध्यक्षमा बिनोद रन्जन, महिला उपाध्यक्षमा वर्षा लम्साल, सचिवमा लेखनाथ घिमिरे, सहसचिवमा हरि आचार्य, कोषाध्यक्षमा उदय पोख्रेल सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको हो भने अन्य सदस्य तथा विभिन्न घटन संगठनको पनि संयोजक चयन गरिएको अध्यक्ष मण्डलका अध्यक्ष तथा महासंघ लुम्बिनी प्रदेश अध्यक्ष तिलक लामिछानेले जानकारी दिनुभयो ।
अध्यक्षमा निर्वाचित भएसंगै खनालले अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित गराउन सहयोग गर्नुहुने सम्पुर्णमा हार्दिक आभार व्यक्त गर्दै संगठनलाई अझ मजबुत सशक्त बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि महासंघका केन्द्रिय अध्यक्ष प्रेमनाथ अधिकारीले नवगठित कमिटीलाई बधाई ज्ञापन गर्दै पार्टीलाई बलियो बनाउन जनवर्गीय संगठनको अहम भुमिका रहने बताउनुभयो । उहाँले नेकपा (एमाले) गरेका राम्रा काम गीतसंगीतको माध्यमबाट जनतामाझ लैजाने मात्रै नभएर जनशक्ति उत्पादनमा पनि जोड दिनुभयो ।
कार्यक्रममा नेकपा (एमाले) कपिलवस्तुका अध्यक्ष बाबुराम खनाल, प्रदेश सांसद नवराज लामिछाने (भुपाल), संगठनका लुम्बिनी प्रदेश ईन्चार्ज धर्म भुसाल, प्रदेश अध्यक्ष तिलक लामिछाने तथा संगठनका जिल्ला ईन्चार्ज पुर्ण चन्द्र परियार लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रमका अध्यक्ष संगठनका निवर्तमान अध्यक्ष महेश घिमिरेले अहिले सम्म र दशौं जिल्ला अधिवेशन सफलता पुर्व सम्पन्न गर्नका लागि सहयोग गर्ने सम्पुर्णमा हार्दिक आभार व्यक्त गर्दै नयाँ कमिटीलाई बधाई ज्ञापन गर्नुभयो । घिमिरेले आफ्नो कार्यकालमा संगठनले गरेका क्रियाकलापहरुको प्रतिवेदन पेश गर्दै पार्टीले दिएका सर्ब जिम्मेवारी पुरा गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा दिनेश रन्जन, बिनोद रन्जन, सन्ध्या परियार लगायतका कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो भने विभिन्न व्यक्तिहरुलाई संगठनले सम्मान समेत गरेको छ ।
कार्यक्रममा राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपाल केन्द्रिय कमिटी सचिवालय सदस्य थानेश्वर अधिकारी, पार्टीका नेता तथा अधिवेशन प्रतिनिधिहरुको उपस्थिती रहेको कार्यक्रम निवर्तमान सचिव शिव खनालको संचालनमा सम्पन्न भएको हो ।