गुल्मीको मुसिकोट नगरपालिका वडा नं ४ स्थित छल्दीखोलामा पौडी खेल्नेक्रममा डुबेर एक किशोरको मृत्यु भएको छ ।मुसिकोट नगरपालिका वडा नं ६ कुर्घाका १७ वर्षीय गृष्म शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।शर्मा आफ्ना साथीहरुसंगै रेसुंगा नगरपालिका र मुसिकोट नगरपालिकको सिमानामा पर्ने पक्की पुल नजिकै छल्दी खोलामा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा बेपत्ता भएका उनको वामी प्रहरी चौकी, स्थानीयले खोजि गर्दा मृत फेला परेका हुन् ।अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक भुपेन्द्र थापाको कमाण्डमा मुचुल्का गर्ने काम भईरहेको जनाईएको छ ।




















