ताजा अपडेट

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

नागको पूजा गरेर मनाइयो नागपञ्चमी

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

देशकै उत्कृष्ट ज्ञानपुञ्ज स्कुलद्धारा एसईईमा उतीर्ण विद्यार्थी र अभिभावक सम्मानित

Lumbini Darpan 2 २०८२ असार १५, आईतवार १६:३९
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
एस.ई.ई. परिक्षा २०८१ मा प्रतिशतका आधारमा देशकै उत्कृष्ट हुन सफल कपिलवस्तुको वाणगंगा नगरपालिका २ राजपुर स्थित ज्ञानपुञ्ज ज्ञानपुञ्ज बोर्डिङ्ग स्कुलले उतीर्ण विद्यार्थीहरु तथा अभिभावकलाई सम्मान गरेको छ । उतीर्ण २८ जना विद्यार्थीहरुलाई अभिनन्दन समारोहको आयोजना गरि खादा, टिका तथा सम्मान पत्र सहित सम्मान गरिएको हो ।

अन्तराष्ट्रिय स्कुल अवार्ड (आई.एस.ए) मान्यता प्राप्त ज्ञानपुञ्ज बोर्डिङ्ग स्कुलका २८ जना विद्यार्थीहरु मध्ये जसमा ४ जना विद्यार्थीले सर्वोत्कृष्ट ४.०० जिपिए हासिल गर्दै विद्यालयको शैक्षिक यात्रामा सफलता प्राप्त गरेका छन् ।
पूर्ण ४ जिपिए प्राप्त गर्ने विद्यार्थीहरुमा दिव्या गैरे, ग्रीष्मा गाहा, सम्झना न्यौपाने र सारा ज्ञवाली रहेका छन् । त्यसका साथै २१ जना विद्यार्थीले ३.६० देखि ३.९६ जिपिए र ३ जना विद्यार्थीले ३.२१ देखि ३.५९ जिपिए ल्याएका छन् ।

अभिनन्दन समारोहका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सांसद बिष्णु पन्थीले उतीर्ण विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै ज्ञानपुञ्जको उत्कृष्ट नतिजा प्रति विद्यालयलाई प्रदेशको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो । पन्थीले बाणगंगाको शैक्षिक अवस्था क्रमशः सुधार हुंदै गएको बताउनुभयो । सांसद पन्थीले आफुहरुले विगत देखिनै शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर प्रभावकारी योजना बनाएकाले शैक्षिक अवस्था सुधार हुंदै गएको र नतिजा पनि राम्रो आएको बताउनुभयो । उहाँले यो नतिजा प्राप्त गरिरहदा यसको दिगोपनाका लागि चुनौती पनि थपिएकाले आगामी दिनमा अझ मेहनत गर्न आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै कार्यक्रमका विशिष्ठ अतिथि बाणगंगा नगरपाालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले कपिलवस्तुमै सर्वोत्कृष्ट नतिजा प्राप्त गर्न बाणगंगा नगरपालिका सफल भएको बताउँदै नगरपालिकाका १६ जना विद्यार्थीले ४ जिपिए ल्याउनु गर्वको कुरा रहेको बताउनुभयो । उहाँले यो नतिजालाई टिकाईराख्नका लागि विद्यालय र नगरपालिका बिच समन्वय गरि अगाडि बढ्न तयार रहेको बताउनुभयो ।

बाणगंगा नगरपालिका वडा नं. २ का वडाध्यक्ष बिष्णु प्रसाद पौडेल, नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जिसी, नेपाल सरकारका पुर्व उप सचिव बाबुराम भट्राई, बिद्यालयका संस्थापक अध्यक्ष पदमलाल अधिकारि   शुभकामना मन्तब्य मार्फत उतीर्ण विद्यार्थीलाई बधाई ज्ञापन गर्दै उच्च शिक्षा अध्ययनका लागि बाणगंगा नगर बाहिर जान आवश्यक नपर्ने बताउनुभयो । उहाँहरुले विद्यालयले आगामी दिनमा पनि अझै शैक्षिक स्तर उकास्नका लाागि सदैव लागिरहने बताउनुभयो ।
उतीर्ण विद्यार्थी दिव्या गैरेले मन्तब्य राख्दै ज्ञानपुञ्ज यो क्षेत्रकै उत्कृष्ट शैक्षिक संस्था रहेको बताउनुभयो ।

विद्यालयका प्रिन्सिपल पाण्डेले देशभरि सबै विद्यालयको समग्र नतिजा बुझ्दा ज्ञानपुञ्जका छात्रछात्राको नतिजा राम्रो आएकाले यस नतिजाले उत्साहित बनाएको र उत्कृष्ट नतिजा प्राप्त गर्न अहोरात्र खट्नुहुने शिक्षक, कर्मचारी, अभिभावक सम्पुर्णलाई आभार व्यक्त गर्नुभयो ।

विद्यालयका प्रबन्ध निर्देशक रोमाकान्त घिमिरेले यो नतिजा आशादित रहेको बताउँदै उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीलाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनमा पनि नतिजालाई कायम राख्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो । उहाँले विद्यालयका शैक्षिक स्तर गुणस्तरिय बनाउन स्थानीय सरकार, विद्यार्थी, अभिभावक, शिक्षक सबैसंग सहकार्य र समन्वय गरेर अगाडि बढ्ने बताउनुभयो ।

कार्यक्रमका अध्यक्ष तथा विद्यालयका अध्यक्ष नारायण पौडेलले कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद व्यक्त गर्दै यसपटक विद्यालयले देशकै उत्कृष्ट नतिजा ल्याएर खुसी छरेको बताउँदै आगामी दिनमा अझै राम्रो गराउने बताउनुभयो । अध्यक्ष पौडेलले सम्पुर्ण विद्यार्थीहरुको सफल शैक्षिक भविष्यको कामना गर्दै विद्यालयको शिर उचो राख्ने विश्वास व्यक्त गर्नुभयो ।

विद्यालय व्यबस्थापन समितिका पदाधिकारी, सदस्य, निवर्तमान समितिका पदाधिकारी, सदस्य, लेखा समितिका पदाधिकारी तथा सदस्य, अभिभावक, विद्यार्थी लगायतको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन शिक्षक बिनोद नेपालले गर्नुभएको थियो ।


प्रकाशित : २०८२ असार १५, आईतवार १६:३९

Lumbini Darpan 2

लेखकबाट थप

  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

भर्खरै

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

  • लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

  • नागको पूजा गरेर मनाइयो नागपञ्चमी

  • सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

  • सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

  • निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

  • एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech