
हरि आचार्य, कपिलवस्तु
एस.ई.ई. परिक्षा २०८१ मा प्रतिशतका आधारमा देशकै उत्कृष्ट हुन सफल कपिलवस्तुको वाणगंगा नगरपालिका २ राजपुर स्थित ज्ञानपुञ्ज ज्ञानपुञ्ज बोर्डिङ्ग स्कुलले उतीर्ण विद्यार्थीहरु तथा अभिभावकलाई सम्मान गरेको छ । उतीर्ण २८ जना विद्यार्थीहरुलाई अभिनन्दन समारोहको आयोजना गरि खादा, टिका तथा सम्मान पत्र सहित सम्मान गरिएको हो ।
अन्तराष्ट्रिय स्कुल अवार्ड (आई.एस.ए) मान्यता प्राप्त ज्ञानपुञ्ज बोर्डिङ्ग स्कुलका २८ जना विद्यार्थीहरु मध्ये जसमा ४ जना विद्यार्थीले सर्वोत्कृष्ट ४.०० जिपिए हासिल गर्दै विद्यालयको शैक्षिक यात्रामा सफलता प्राप्त गरेका छन् ।
पूर्ण ४ जिपिए प्राप्त गर्ने विद्यार्थीहरुमा दिव्या गैरे, ग्रीष्मा गाहा, सम्झना न्यौपाने र सारा ज्ञवाली रहेका छन् । त्यसका साथै २१ जना विद्यार्थीले ३.६० देखि ३.९६ जिपिए र ३ जना विद्यार्थीले ३.२१ देखि ३.५९ जिपिए ल्याएका छन् ।
अभिनन्दन समारोहका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सांसद बिष्णु पन्थीले उतीर्ण विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै ज्ञानपुञ्जको उत्कृष्ट नतिजा प्रति विद्यालयलाई प्रदेशको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो । पन्थीले बाणगंगाको शैक्षिक अवस्था क्रमशः सुधार हुंदै गएको बताउनुभयो । सांसद पन्थीले आफुहरुले विगत देखिनै शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर प्रभावकारी योजना बनाएकाले शैक्षिक अवस्था सुधार हुंदै गएको र नतिजा पनि राम्रो आएको बताउनुभयो । उहाँले यो नतिजा प्राप्त गरिरहदा यसको दिगोपनाका लागि चुनौती पनि थपिएकाले आगामी दिनमा अझ मेहनत गर्न आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै कार्यक्रमका विशिष्ठ अतिथि बाणगंगा नगरपाालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले कपिलवस्तुमै सर्वोत्कृष्ट नतिजा प्राप्त गर्न बाणगंगा नगरपालिका सफल भएको बताउँदै नगरपालिकाका १६ जना विद्यार्थीले ४ जिपिए ल्याउनु गर्वको कुरा रहेको बताउनुभयो । उहाँले यो नतिजालाई टिकाईराख्नका लागि विद्यालय र नगरपालिका बिच समन्वय गरि अगाडि बढ्न तयार रहेको बताउनुभयो ।
बाणगंगा नगरपालिका वडा नं. २ का वडाध्यक्ष बिष्णु प्रसाद पौडेल, नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जिसी, नेपाल सरकारका पुर्व उप सचिव बाबुराम भट्राई, बिद्यालयका संस्थापक अध्यक्ष पदमलाल अधिकारि शुभकामना मन्तब्य मार्फत उतीर्ण विद्यार्थीलाई बधाई ज्ञापन गर्दै उच्च शिक्षा अध्ययनका लागि बाणगंगा नगर बाहिर जान आवश्यक नपर्ने बताउनुभयो । उहाँहरुले विद्यालयले आगामी दिनमा पनि अझै शैक्षिक स्तर उकास्नका लाागि सदैव लागिरहने बताउनुभयो ।
उतीर्ण विद्यार्थी दिव्या गैरेले मन्तब्य राख्दै ज्ञानपुञ्ज यो क्षेत्रकै उत्कृष्ट शैक्षिक संस्था रहेको बताउनुभयो ।
विद्यालयका प्रिन्सिपल पाण्डेले देशभरि सबै विद्यालयको समग्र नतिजा बुझ्दा ज्ञानपुञ्जका छात्रछात्राको नतिजा राम्रो आएकाले यस नतिजाले उत्साहित बनाएको र उत्कृष्ट नतिजा प्राप्त गर्न अहोरात्र खट्नुहुने शिक्षक, कर्मचारी, अभिभावक सम्पुर्णलाई आभार व्यक्त गर्नुभयो ।
विद्यालयका प्रबन्ध निर्देशक रोमाकान्त घिमिरेले यो नतिजा आशादित रहेको बताउँदै उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीलाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनमा पनि नतिजालाई कायम राख्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो । उहाँले विद्यालयका शैक्षिक स्तर गुणस्तरिय बनाउन स्थानीय सरकार, विद्यार्थी, अभिभावक, शिक्षक सबैसंग सहकार्य र समन्वय गरेर अगाडि बढ्ने बताउनुभयो ।
कार्यक्रमका अध्यक्ष तथा विद्यालयका अध्यक्ष नारायण पौडेलले कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद व्यक्त गर्दै यसपटक विद्यालयले देशकै उत्कृष्ट नतिजा ल्याएर खुसी छरेको बताउँदै आगामी दिनमा अझै राम्रो गराउने बताउनुभयो । अध्यक्ष पौडेलले सम्पुर्ण विद्यार्थीहरुको सफल शैक्षिक भविष्यको कामना गर्दै विद्यालयको शिर उचो राख्ने विश्वास व्यक्त गर्नुभयो ।
विद्यालय व्यबस्थापन समितिका पदाधिकारी, सदस्य, निवर्तमान समितिका पदाधिकारी, सदस्य, लेखा समितिका पदाधिकारी तथा सदस्य, अभिभावक, विद्यार्थी लगायतको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन शिक्षक बिनोद नेपालले गर्नुभएको थियो ।