ताजा अपडेट

लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

हिलबर्ट स्कुल पिपराद्धारा एसईई उतीर्ण विद्यार्थी र अभिभावक सम्मानित: ३९ जनाले ल्याए ‘ए प्लस’

Lumbini Darpan 2 २०८२ असार १९, बिहीबार १३:०७
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु

एस.ई.ई. परिक्षा २०८१ मा शत प्रतिशत सहित उत्कृष्ट नतिजा निकाल्न सफल कपिलवस्तुको वाणगंगा नगरपालिका २ पिपरा स्थित हिलबर्ट ईङ्गलीश बोर्डिङ्ग स्कुलले उतीर्ण विद्यार्थीहरु तथा अभिभावकलाई सम्मान गरेको छ । उतीर्ण ४६ जना विद्यार्थीहरुलाई अभिनन्दन समारोहको आयोजना गरि खादा, टिका तथा सम्मान पत्र सहित सम्मान गरिएको हो । कार्यक्रममा माध्यमिक तहका शिक्षक, शिक्षिका, पुर्व शिक्षक, शिक्षिका, कर्मचारी लगायतलाई पनि सम्मान गरिएको थियो ।

विभिन्न अवार्ड प्राप्त हिलबर्ट स्कुलका ३९ जना विद्यार्थी ३.६ देखि ४.०० जिपिए तथा ७ जना विद्यार्थी ३.२ देखि ३.६ जिपिए प्राप्त गरेका छन् भने मेधावी छात्राहरु सृष्टि पौडेल र खेम कुमारी पुनले ३.९५ जिपिए सहित सर्वोत्कृष्ट अंक प्राप्त गरि विद्यालयको शैक्षिक यात्रामा महत्वपुर्ण सफलता प्राप्त गरेका हुन् ।

सम्मान समारोहका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका प्रवक्ता तथा वडा नं. २ का वडाध्यक्ष बिष्णु पौडेलले उतीर्ण विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै हिलबर्टको उत्कृष्ट नतिजा प्रति विद्यालयलाई नगर वडाको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो । पौडेलले बाणगंगाको शैक्षिक अवस्था क्रमशः सुधार हुंदै गएको बताउनुभयो । पौडेलले आफुहरुले विगत देखिनै शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर प्रभावकारी योजना बनाएकाले शैक्षिक अवस्था सुधार हुंदै गएको र नतिजा पनि राम्रो आएको बताउनुभयो । उहाँले यो नतिजा प्राप्त गरिरहदा यसको दिगोपनाका लागि जोड दिनुपर्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रमका विशिष्ठ अतिथि बाणगंगा नगरपाालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जिसीले कपिलवस्तुमै सर्वोत्कृष्ट नतिजा प्राप्त गर्न बाणगंगा नगरपालिका सफल भएको बताउँदै नगरपालिकाका १६ जना विद्यार्थीले ४ जिपिए ल्याउनु गर्वको कुरा रहेको बताउनुभयो । उहाँले यो नतिजालाई टिकाईराख्नका लागि विद्यालय र नगरपालिका बिच समन्वय गरि अगाडि बढ्न तयार रहेको बताउनुभयो । उहाँले हिलबर्टले अध्यापन मात्र नभई विद्यार्थीहरुलाई संस्कार सहितको शिक्षामा जोड दिदै आएको बताउनुभयो । उहाँले उच्च शिक्षा अध्ययनका लागि बाणगंगा नगर बाहिर जान आवश्यक नपर्ने बताउनुभयो ।

विद्यालयका प्रिन्सिपल शिव कुमार पोख्रेलले देशभरि सबै विद्यालयको समग्र नतिजा बुझ्दा हिलबर्टका छात्रछात्राको नतिजा राम्रो आएकाले यस नतिजाले उत्साहित बनाएको र उत्कृष्ट नतिजा प्राप्त गर्न अहोरात्र खट्नुहुने शिक्षक, कर्मचारी, अभिभावक सम्पुर्णलाई आभार व्यक्त गर्नुभयो ।

विद्यालयका प्रबन्ध निर्देशक बुद्धिराम पौडेलले यो नतिजा आशादित रहेको बताउँदै उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीलाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनमा पनि नतिजालाई कायम राख्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो । उहाँले विद्यालयका शैक्षिक स्तर गुणस्तरिय बनाउन स्थानीय सरकार, विद्यार्थी, अभिभावक, शिक्षक सबैसंग सहकार्य र समन्वय गरेर अगाडि बढ्ने बताउनुभयो ।

कार्यक्रमका अध्यक्ष तथा विद्यालयका अध्यक्ष दिपक खनालले सम्मान कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद व्यक्त गर्दै यसपटक विद्यालयले उत्कृष्ट नतिजा ल्याएर खुसी छरेको बताउँदै आगामी दिनमा अझै राम्रो गराउने बताउनुभयो । अध्यक्ष खनालले सम्पुर्ण विद्यार्थीहरुको सफल शैक्षिक भविष्यको कामना गर्दै विद्यालयको शिर उचो राख्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा विद्यार्थीहरुले नृत्य र गीत प्रस्तुत गरि मनोरञ्जन समेत प्रदान गरेका थिए ।

विद्यालय व्यबस्थापन समितिका अध्यक्षता, प्रिन्सिपल शिव कुमार पोख्रेलको स्वागत मन्तब्य तथा नेपाली बिषय विभाग प्रमुख तेज प्रसाद आचार्यको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।


प्रकाशित : २०८२ असार १९, बिहीबार १३:०७

Lumbini Darpan 2

लेखकबाट थप

  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान
  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत
  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
प्रतिक्रिया

यो पनि पढौँ

लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

भर्खरै

  • लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

  • इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

  • प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

  • प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

  • पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

  • कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech