
हरि आचार्य, कपिलवस्तु
आई.एस.ओ.तथा आई.एस.ए. मान्यता प्राप्त कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नंं. २ पिपरा स्थित क वर्गको विद्यालय हिलबर्ट ईङ्गलीश बोर्डिङ्ग स्कुलले उपचारार्थ आर्थिक सहयोग प्रदान गरि उदाहरणिय कार्य गरेको छ ।
उक्त स्कुलले बाणगंगा नगरपालिका वडा नंं ८ मधुवन निवासी मष्तिष्कघात (ब्रेन ह्यामरेज) बाट पिडित बिना कंडेलको उपचारका लागि रु ४१ हजार ५ सय सहयोग गरि उदारहणीय कार्य गरेको छ । एकैपटक ३ सन्तानको जन्म दिएको केहि समय पछि कंडेललाई ब्लड प्रेसरका कारण मष्तिष्कघात भएको हो । ३ सन्तान भने सकुसल रहेको उहाँकी नन्द गीता अर्यालले जानकारी दिनुभयो । अहिले उहाँको काठमाण्डौ स्थित मेडिसिटी अस्पतालमा उपचार भईरहेको छ ।
सोहि अवस्थालाई मध्यनजर गर्दै पिडितको घाउमा मल्हम लगाउने उद्देश्यले विद्यालय परिवारले उक्त सहयोग प्रदान गरेको विद्यालयका प्रबन्ध निर्देशक बुद्धिराम पौडेलले बताउनुभयो । विद्यालयले स्थापना गरेको हिलबर्ट स्टुडेन्ट काउन्सीललाई जिम्मेवारी बनाउन उक्त काउन्सीललाई विद्यालयले जिम्मा दिएको थियो । सोहि बमोजिम काउन्सील, विद्यालय प्रशासन, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुले संयुक्त रुपमा रकम संकलन गरि प्रदान गरिएको हो ।
अध्ययन अध्यापन मात्र नभई विद्यालयले हरेक क्षेत्रलाई उत्तिकै प्राथमिकता दिई यस्ता सामाजिक र मानवीय कार्यमा विद्यार्थीहरुलाई उत्तरदायी बनाउने उद्देश्यले अगाडि बढिरहेको विद्यालयका प्राचार्य शिव कुमार पोख्रेलले बताउनुभयो ।
विद्यालयका अध्यक्ष दिपक खनालले दिएको जिम्मेवारी पुरा गरेकोमा काउन्सीललाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा यस्ता मानवीय र सामाजिक कार्यमा लाग्नुका साथै संस्कार सहितको शिक्षामा अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
रकम प्रदान कार्यक्रममा काउन्सीलका अध्यक्ष रोजीन न्यौपाने, उपाध्यक्ष ब्रह्मानन्द यादव, हिलबर्ट स्टुडेन्ट काउन्सीलका सहजकर्ता सन्तोष खनाल तथा अन्य शिक्षक लगायतको उपस्थिती रहेको थियो ।