प्रकाश गौतम
तिलोत्तमा
निलगीरी चिल्ड्रेन इङलीस बोडिंङ स्कुल तिलोत्तमा १२ ले बिद्यालयबाट एस.इ.इ मा उत्तिण बिद्यार्थीहरुलाइ एक कार्यक्रमको आयोजना गरी बधाइ तथा शुभकामना दिएको छ । नलगीरी चिल्ड्रेन इङलीस बोडिंङ स्कुल तिलोत्तमा १२ अध्यक्ष यादव प्र अर्यालको अध्यक्षता तथा तिलोत्तमा नगरपालीका वडा नं १२ वडा सदस्य बिष्णु अधिकारीको प्रमुख आतिथ्यतामा बिद्यालयबाट एस।इ।इ मा उत्तिण बिद्यार्थीहरुलाइ बधाइ तथा शुभकामना दिएको हो ।
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालीका वडा नं १२ वडा सदस्य बिष्णु अधिकारीले हिजोको तुलनामा बिद्यालयले शिक्षाको क्षेत्रमा प्रगती गरेको बताउनु भयो । नलगीरी चिल्ड्रेन इङलीस बोडिंङ स्कुल तिलोत्तमा १२ अध्यक्ष यादव प्र अर्यालले शिक्षक ,बिद्यार्थी र अभिभाबकको संयुक्त प्रयासले बिद्यालयको पनी राम्रो नतिजा आएको बताउनु भयो । कार्यक्रममा तिलोत्तमा नगरपालीका वडा नं १२ वडा पुर्ब सदस्य दुर्गा आर्चाय,प्राचार्य मिना देउजा, सहायक प्राचाय कमल पौडेल, शिक्षक बिजय गुप्ताले ग्रामिण क्षेत्रमा सुलभ तथा गुणस्तरिय शिक्षामा नलगीरी चिल्ड्रेन इङलीस बोडिंङ स्कुल अब्बल हुदै गएको बताउनु भयो ।
कार्यक्रममा अभिभावक पार्वती चालिसे , बिद्यार्थि प्रमिला चालिसे करन पुलामी लगायतले बोल्दै बिगतको तुलनामा हाल शैक्षिक गुणस्तरमा सुधार भएको बताउनु भयो । निलगीरी चिल्ड्रेन इङलीस बोडिंङ स्कुल तिलोत्तमा १२ सह प्राचार्य कमल पौडेलको स्वागतमा भएको बधाइ तथा शुभकामना कार्यक्रमको सन्चालन बिद्यालयका शिक्षक निरन्जन पराजुलीले गर्नु भएको थियो ।





















