ताजा अपडेट

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

बाणगंगामा एमाले र कांग्रेसले मनाए संविधान दिवस: संविधान रक्षासंगै संशोधन आवश्यक

Lumbini Darpan 2 २०८२ आश्विन ३, शुक्रबार १९:०५
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस र नेकपा (एमाले) का नेताहरूले संविधानको संरक्षण गर्ने जिम्मेवारीबाट कहिल्यै पछि नहट्ने प्रतिवद्धता जनाएका छन् । नेकपा (एमाले) बाणगंगा नगर कमिटी र नेपाली कांग्रेस बाणगंगा नगर कार्य समितिद्धारा आयोजित १० औं संविधान दिवस समारोहलाई सम्बोधन गर्दै दुवै दलका नेताहरुले यस्तो बताएका हुन् ।

नेताहरूले जेन जि पुस्ताले उठाएका मागलाई सम्बोधन गर्दै अघि बढ्ने र नयाँ नेपाल निर्माणमा हातेमालो गरेर अघि बढ्ने प्रतिज्ञा गरेका हुन् । कार्यक्रममा ज्ञात–अज्ञात सहिदहरूको सम्झनामा मौन धारण गरिनुका साथै दीप प्रज्ज्वलन पनि गरिएको थियो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा कपिलवस्तु ईन्चार्ज गिरधारीलाल न्यौपानेले हालै भएको आन्दोलनबाट राष्ट्रिय सम्पतिको क्षति हुनु दुःखद भएको बताउँदै अझै पनि आफुहरु संविधानको रक्षाका लागि दृढ रहेको बताउनुभयो । समारोहका प्रमुख अतिथि एवम् लुम्बिनी प्रदेश सभा सदस्य समेत रहनुभएका नेता न्यौपानेले संविधान संशोधन, सुशासन कायम र पारदर्शिताका लागि आफुले पार्टीमा कुरा राखिरहेको बताउँदै एमाले र कांग्रेस नै संविधानको रक्षा गर्ने दल रहेको बताउनुभयो । नेता न्यौपानेले जनताको माग अनुसार आफुहरु सच्चिने बताउँदै जेनजी आन्दोलनको नाममा घुसपैठ भएको भन्दै राष्ट्रिय तथा नीजि सम्पतिको आगजनी र तोडफोड गर्ने व्यक्तिलाई कारवाही गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य अत्तर कमाल मुसलमानले संविधान दिवसको अवसरमा नेपाली कांग्रेसका नेता एवम् संविधान सभा सदस्य अत्तर कमाल मुसलवानले नेपालको संविधान विश्वकै उत्कृष्ट रहेको बताउनु भयो । विशिष्ट अतिथीको आसनबाट सम्बोधन गर्दै उहाँले पार्टीका नेताहरुमा कमजोरी देखिन सक्ने तर देशलाई नै वरबादी हुने गरी काम नगरेको तर्क गर्नुभयो । उहाँले व्यक्तिगत रिस–इवीका कारण जनप्रतिनिधिमाथि आरोप लगाउने प्रवृत्ति देखिएको उल्लेख गर्नुभयो ।पार्टीभित्रको अस्वस्थ प्रतिस्पर्धाले अराजकता बढेको दाबी पनि गर्नुभयो ।

नेकपा (एमाले) लुम्बिनी प्रदेश सदस्य नेता डम्मर शर्माले संविधानको संरक्षण र बचाउने जिम्मेवारी केवल राजनीतिक दलको मात्र नभई सम्पूर्ण नेपाली जनताको साझा दायित्व भएको धारणा व्यक्त गर्नुभयो । नेता शर्माले जेन जि पुस्ताका जायज मागप्रति आफूहरू गम्भीर रहेको बताउनुभयो । तर, उहाँले जेन जिको नाममा भएको घुसपैठ र विकृति–विसंगतिको कडा भत्र्सना गर्नुभयो । उहाँले संविधानलाई गतिशील दस्तावेजका रूपमा व्याख्या गर्दै जनचाहनाअनुसार राजनीतिक दलहरू अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । संविधानमाथि देशी–विदेशी शक्ति केन्द्रबाट भइरहेको आक्रमणप्रति सचेत रहनुपर्नेमा पनि उहाँले नेपाली जनतालाई आह्वान गर्नुभयो ।

त्यस्तै नेकपा (एमाले) का नेता तथा बाणगंगा नगर प्रमुख चक्रपाणी अर्यालले लक्ष्य विहिर हावा हुरीबाट आफुहरु बीचलित नहुने धारणा राख्नु भयो । नगर प्रमुख अर्यालले जेनजीका नाममा ब्यत्तिगत ऋषिवी साचेकाहरुबाट सार्वजनिक र नीजि सम्पत्ति तहस नहस पार्ने काम भएको तर्क गर्नु भयो । अर्यालले संसदीय ब्यवस्थाका सकारात्मक विषयवस्तुलाई गहन ढंगले विश्लेषण नगरी संसद र संविधान माथि आक्रमण गर्ने काम देशी विदेशी शक्ति केन्द्रबाट भएको तर्क गर्नु भयो । नगर प्रमुख अर्यालले युवा पुस्ताको नाममा अराजक भिडबाट भएका गतिविधीलाई कानूनी कार्वाहीमा ल्याउने दावी गर्नु भयो । अर्यालले जनताको पक्षमा निरधक्क भएर अगाडी बढनुपर्नेमा सबै पक्षसंग आग्रह गर्नु भयो ।

कांग्रेस नेता एवम् पूर्व वडा अध्यक्ष बालकुमारी पन्त अधिकारी, नेकपा एमाले बाणगंगा नगर कमिटी अध्यक्ष सोमनाथ अर्याल, कांग्रेस नगर सभापति बिष्णु थापा लगायतले शुभकामना मन्तव्य राख्दै संविधानको रक्षाका लागि दुवै दल दृढ रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस नगर सभापति विष्णु थापाको अध्यक्षता, एमाले जिल्ल कमिटी सदस्य भिष्मराज भुसालको सञ्चालन र एमाले बाणगंगा नगर कमिटी अध्यक्ष सोमनाथ अर्यालको स्वागत मन्तव्य रहेको थियो ।
कार्यक्रममा नेकपा (एमाले) र नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

 


प्रकाशित : २०८२ आश्विन ३, शुक्रबार १९:०५

Lumbini Darpan 2

लेखकबाट थप

  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
प्रतिक्रिया

यो पनि पढौँ

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

भर्खरै

  • रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

  • रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

  • अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

  • १९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech