बुटवल(पाल्पा सडक अन्तरगत तिनाउ(३ सिद्धबाबा नजिकै पहिरोले सडक अवरुद्ध भएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार अबिरल वर्षाका कारण माथिबाट ढुङ्गा सहितको पहिरो खस्न जाँदा दुई तर्फी बाटो अवरुद्ध भएको हो ।
निरन्तरको वर्षाका कारण यस क्षेत्रमा सडक अवरुद्ध हुने र खुल्ने क्रम जारी रहेको छ । वर्षाको समयमा पहिरो खस्नुका साथै ढुङ्गाहरु सडकमा खस्ने भएकाले अत्यावश्यक बाहेक यात्रा नगर्न र गर्नै परे सावधानी अपनाउन आग्रह गरिएको छ ।


















