ताजा अपडेट

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

एमाले कपिलवस्तुले बाणगंगामा कात्तिक २९ गते शक्ति प्रदर्शन सहित बिशाल जनसभा गर्ने

Lumbini Darpan 2 २०८२ कार्तिक २५, मंगलवार १९:३६
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
नेकपा (एमाले) कपिलवस्तुले यहि कात्तिक २९ गते बाणगंगामा शक्ति प्रदर्शन सहित विशाल जनसभा गर्ने भएको छ । नेकपा (एमाले) बाणगंगा नगरकमिटीको आयोजनामा मंगलबार बाणगंगा नगरपालिका–४ स्थित पंजाबी तड्का रेष्टुरेन्टमा सम्पन्न पालिका स्तरिय जनपरिचालन सभा मार्फत बाणगंगामा हुने शक्ति प्रदर्शन सहित विशाल जनसभाको तयारीबारे जानकारी दिईएको हो ।

सभाका प्रमुख अतिथि नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य डम्मर शर्माले सम्बोधन गर्दै नेपालको संवैधानिक निरन्तरतालाई अन्त्य गर्ने, देशमा अराजकता सिर्जना गर्ने, नेपालको अस्मितालाई सिद्याउन खोज्ने विदेशी तप्काहरुका कारण देशका यो अवस्था सिर्जना भएकाले यसको अन्त्य अब नेकपा (एमाले) बाट मात्र सम्भव रहेको बताउनुभयो । प्रदेश कमिटीका सदस्य शर्माले कपिलवस्तुमा एमाले अझै पनि मजबुत रूपमा रहेको छ भन्ने विश्वास दिलाउने समय आएको बताउनुभयो । मंगलबार बाणगंगा नगरपालिका–४ स्थित पंजाबी तड्का रेष्टुरेन्टमा आयोजित पालिका स्तरीय जनपरिचालन भेलामा बोल्दै उहाँले एमाले कमजोर नभई सशक्त पार्टी भएको शक्ति प्रदर्शन मार्फत प्रमाणित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले जेन्जी आन्दोलनले देशको संरचना र भौतिक सम्पत्ति नष्ट गर्ने उद्देश्य नभएको तर केही अराजक तत्व र घसु पैठ प्रवेशका कारण त्यसमा क्षति पुगेको दाबी गर्नुभयो ।

त्यस्तै नेकपा (एमाले) बाणगंगा नगर कमिटीका इन्चार्ज चक्रपाणी अर्यालले बाणगंगामा एमाले विना कुनै पनि काम सम्भव नहुने स्थिति देखाउनुपर्ने बताउनुभयो । उहाँले एमाले कमजोर नभई शक्तिशाली संगठन भएको र यसलाई जनसमर्थनका माध्यमबाट झनै सबल बनाउनुपर्नेमा जोड दिनुभयो । देशका सबै नेता कार्यकर्ता एमालेलाई बचाउने दृढका साथ एकतावद्ध भएको बताउनुभयो । एमालेले देशको अस्मिता जोगाउँछ, राष्ट्रियताको सवालमा बलियो भयो भनेर देशी विदेशी शक्तिहरुले गरेको आक्रमणलाई परास्त गर्ने दिन आएको बताउनुभयो ।

सोही अवसरमा एमाले नगर कमिटीका अध्यक्ष सोमनाथ अर्यालले आगामी कार्तिक २९ गते बाणगंगामा हुने शक्ति प्रदर्शनका लागि तीव्र तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले उक्त प्रदर्शनमा लक्षित पाँच हजार मात्र होइन, त्यसको दोब्बर जनसहभागिता सुनिश्चित गर्न सबै तहका कार्यकर्ताले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

भेलामा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कपिलवस्तुका अध्यक्ष तिलक गिरी, भूमि अधिकार मञ्च केन्द्रीय सदस्य पवित्रा नेपाली, अनेम संघ जिल्ला अध्यक्ष शान्ता पाण्डे, राष्ट्रिय जनसांस्कृतिक महासंघका जिल्ला ईन्चार्ज पूर्णचन्द्र परियार, प्रेस चौतारी नेपाल कपिलवस्तुका अध्यक्ष बाबुराम रायमाझी, अखिल नेपाल किसान महासंघ जिल्ला अध्यक्ष रेशम जिसी लगायतले वक्ताले २९ गतेको शक्ति प्रदर्शनलाई भव्य र सफल बनाउन सबै तहका कार्यकर्ताले पूर्ण समर्पणका साथ जुट्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

भेला एमाले नगर कमिटीका अध्यक्ष सोमनाथ अर्यालको अध्यक्षता, उप–सचिव जगत रेग्मीको स्वागत मन्तव्य तथा सचिव चेतनारायण भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो । भेलामा एमाले प्रदेश, जिल्ला र नगर कमिटीका सदस्यहरू सहित स्थानीय नेता तथा संयौं कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो ।


प्रकाशित : २०८२ कार्तिक २५, मंगलवार १९:३६

Lumbini Darpan 2

लेखकबाट थप

  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
प्रतिक्रिया

यो पनि पढौँ

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

भर्खरै

  • रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

  • रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

  • अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

  • १९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech