लुदस, दाङ । दशर्क झुकाएउँदै लालमटिया महाेत्सवकाे आयाेजक, २६ गते आउन नसकेपछि भाेली २९ गते गायिका शान्तिश्री परियारलाई ल्याउन आयाेजक सक्षम सावित भएकाे छ । गएकाे पुस २६ गते दैनिक कलाकारकाे पाेष्टरमा चर्चित लाेकदाेहाेरी गायिका शान्तिश्री परियार आउने भनेर व्यापक प्रचार-प्रसार गरियाे, यति मात्र हाेइन स्वय गायिका परियारले आफू २६ गते लालमटिया महाेत्सवमा आउने भनेर सामाजिक सञ्जालबाट भिडियाे सार्वजनिक गर्नु भएकाे थियाे, तर त्याे दिन माैसम खराबीका कारण आफू महाेत्सवमा आउन नसकेकाे कार्यक्रमका उद्घाेषक राजेश भण्डारीले प्रत्यक्ष टेलिफाेन संवाद मार्फत दर्शकहरूलाई जानकारी गराईएकाे थियाे । साेही संवादमा आफू २६ गतेकाे साटाे पुस २९ गते लालमटिया महाेत्सवमा आउने भनेर जानकारी पनि गराउनु भएकाे थियाे । तर भाेली पुस २९ गते पनि बहुचर्चित लाेकदाेहाेरी गायिका परियार लालमटिया महाेत्सव नआउने कन्फम भईसकेकाे छ । किनकी आयाेजकले आज नै भाेली २९ गते आउने कलाकारहरूकाे पाेष्टर सार्वजनिक गरेकाे छ । जसमा गायिका परियारकाे नामानिसान छैन । यसरी आयाेजकले दर्शक झुकाउन पाइन्छ कि पाइदैन । यसकाे जवाफ सायद आयाेजकले पक्कै दिनेछ । तर चलेका कलाकारहरूकाे नाम बचेर टिकट काट्ने अनि महाेत्सवमा ती कलाकार नआउने । यस्ताे कस्ताे प्रकारकाे ठगी धन्दा हाे । एकपछि आर्काे झुठ बाेलेर आयाेजक राप्ती उद्योग बाणिज्य संघ थप बिबादमा फसि सकेकाे छ ।





















