जीतपुर
राष्ट्रिय जमोर्चाका अध्यक्ष चित्र बहादुर के.सीले विदेशी शक्तिको प्रभावले राष्ट्रिय स्वाधीनता कमजोर पार्ने प्रयास गरिरहेको बताएका छन् ।
८४ सालमा हुनुपर्ने चुनाव अहिले नेपाली जनताले चाहेर नभई जेन्जी विद्धोहको फाईदा उठाउदै अमेरिकी एजेन्टले यतिखेर नयाँ दलबाट आफ्नो स्वार्थ पुरा गर्न अमेरिकी साम्राज्यवादले चीनविरुद्ध गतिविधि सञ्चालन गर्न नेपाललाई प्रयोग गर्ने प्रयास भइरहेको आरोप लगाउनुभएको छ। उहाँले विदेशी शक्तिको प्रभावका कारण नेपालको राष्ट्रिय स्वाधीनता कमजोर पार्ने गतिविधि बढ्दै गएको दाबी गर्नुभयो।

नेपाल कम्युनिष्ट पार्टी (मसाल) का नेता स्वर्गीय मुक्तिराम न्यौपानेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै केसीले उहाँ सामाजिक शोषण, दमन र अन्यायविरुद्ध निरन्तर संघर्षरत नेता भएको स्मरण गर्नुभयो।
कपिलवस्तुको ४ नं जितपुर स्थित स्वर्गिय न्यौपानेको निवासमा नेकपा मसालले आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै अध्यक्ष केसीले देशका ठूला राजनीतिक दलहरूले एमसीसी पारित गरेपछि एसपीपीजस्ता अन्य सम्झौताहरू अघि बढाउन नमनेकै कारण यस्तो संकेत देखिएको बताउनुभयो। उहाँका अनुसार यस्ता गतिविधिले नेपालको राष्ट्रिय स्वाधीनता र निर्णय प्रक्रियामा बाह्य प्रभाव बढाउने खतरा रहेको छ।
उहाँल जेन्जी आन्दोलनका नाममा विदेशी शक्तिको इसारामा सर्वोच्च अदालत, सिंहदरबार र राष्ट्रपति भवनजस्ता राज्यका प्रमुख संस्थाहरूलाई समेत कमजोर बनाउने प्रयास भइरहेको आरोप लगाउनुभयो।
अध्यक्ष केसीले अमेरिकाले चीनविरुद्ध गतिविधि सञ्चालन गर्न भारतमा रहेका दलाई लामालाई तिब्बतमा पुनःस्थापित गर्ने तथा चिन र तिब्बतसम्बन्धी गतिविधिका लागि नेपाललाई प्रयोग गर्न खोजेको आरोप पनि लगाउनुभयो।

न्यौपानेको वि.सं. २०८२ फागुन २२ गते राति करिब १० बजे उपचारका क्रममा निधन भएको थियो। उहाँ लामो समय भारतमा रहँदा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा सक्रिय रहनुभएको थियो। नेपाल फर्किएपछि उहाँ राष्ट्रिय जनमोर्चा कपिलवस्तुका जिल्ला उपाध्यक्ष तथा अखिल नेपाल किसान महासंघ (अप्फा) कपिलवस्तुका अध्यक्षका रूपमा सक्रिय रहनुभएको थियो।
नेपाल कम्युनिष्ट पार्टी (मसाल)का नेता न्यौपानेको निवासमा आयोजना गरेको श्रद्धाञ्जली सभामा मसालका जिल्ला प्रवक्ता माधव भाट क्षेत्री राष्ट्रिय जनमोर्चाका अध्यक्ष राम प्रसाद बेल्वासे ले उहाँको राजनीतिक योगदानको चर्चा गरेका थिए। कार्यक्रम मसालका जिल्ला प्रवक्ता भाटक्षेत्रीको अध्यक्षता तथा राष्ट्रिय जनमोर्चा कपिलवस्तुका जिल्ला अध्यक्ष रामप्रसाद बेल्वासेको सञ्चालनमा सम्पन्न भएको थियो।
न्यौपानेका परिवारमा दुई छोरा र एक छोरी रहेका छन्। उहाँकी श्रीमतीको यसअघि नै निधन भइसकेको बताइएको छ।


















