लुदअ बैशाख २६, काठमाण्डौ
नेकपा एमालेको माधव नेपाल पक्षसँग छलफलका लागि अध्यक्ष केपी शर्मा ओलीले दुई जना नेतालाई सिंहदरबार पठाउनुभएको छ । ओलीले माधव नेपाल पक्षसँग वार्ताका लागि विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङलाई सिंहदरबार पठाउनुभएको हो ।
माधव नेपाल पक्षका सांसदले सामूहिक राजीनामा दिने तयारी गरिरहेका बेला उनीहरूको राजीनामा रोक्न ओलीले नेताहरूलाई संसदीय दलको कार्यालय सिंहदरबार पठाउनुभएको हो ।
प्रधानमन्त्री ओलीले सोमवार ९भोलि० संसदमा विश्वासको मत लिने तयारी गरिरहेका बेला नेपाल पक्षका सांसदले भने सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।




















