लुदअ बैशाख २६, काठमाण्डौ
पछिल्लो २४ घण्टामा नेपालमा चार हजारभन्दा धेरै कोरोना सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार हजार २२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ९८ हजार सात सय ६५ पुगेको छ । अब नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ७६ दशमलव सात प्रतिशत पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर आठ हजार आठ सय ८५ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने थप ८८ जनाको ज्यान गएको छ ।




















