२९ वैशाख, काठमाडौं ।
पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले वर्तमान तथा पूर्वप्रधानमन्त्री बाहेकको नेतृत्वमा नयाँ सरकार बनाउनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले मुलुकको वर्तमान संकट हल गर्न संविधानको धारा ७६ २ बमोजिम सबै दलको सहभागितामा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका हुन् । त्यस्तो सरकारले मुलुकका वर्तमान समस्या हल गरी एक वर्षभित्र चुनाव गराउनुपर्ने पनि उनको भनाइ छ ।




















