कोरोना सङ्क्रमणका बिभिन्न लक्षण मध्य रुघाखोकी पनि एक हो । मौसममा भएको परिवर्तनको प्रभावबाट पनि रुघाखोकी देखिन त सक्छ तर यस्तो बेलामा जाँच गर्दा कोरोना सङ्क्रमण देखिन्छ भन्ने भ्रम नागरिकमा देखिन्छ । चिकित्सक भने त्यसो नगर्न सुझाव दिन्छन् । कोरोना सङ्क्रमणपछि रुघाखोकीको लक्षण अधिकांशमा देखिने बताउँदै उहाँले बेलैमा जाँच गरेको खण्डमा मात्रै उपचारमा सजिलो हुने चिकित्सक बताउछन । कतिपयले रुघा लाग्दा जाँच गर्न गए कोरोना नै भेटिन्छ भन्दै गलत बुझाइ बुझिरहेका छन् । तर सरुवारोग विशेषज्ञ डा शेरबहादुर पुन सङ्क्रमण नभए पनि रुघा लाग्दा गरिने जाँचमा वैज्ञानिक तथ्य हालसम्म फेला नपरेको बताउनुहुन्छ । जुनसुकै महामारीको बेलामा पनि समाजमा बिविधखाले भ्रमहरु फैलिन्छन् । कोरोना महामारीको बेलामा रुखाखोकी लाग्दा नजचाउने प्रवृत्ति बढ्ने हो भने सङ्क्रमण भएकाहरू गाउँघर, समाजमा मनलाग्दी डुलेर अरुलाई पनि सार्न सक्छन् । सङ्क्रमण हुनुभन्दा ४८ घण्टाअघि नै अरुृमा सार्न सक्ने विज्ञको भनाइलाई मान्ने हो भने रुघाखोकी भए पनि घरगाउँमै बसेर निको पार्छु भन्नु अझ जोखिमपूर्ण हुन्छ ।




















