बुटवल, जेठ ५
लुम्बिनी प्रदेशका विपक्षी चारदलले मुख्यमन्त्रीमा शंकर पोखरेलको नियुक्तिविरुद्ध सर्बोच्च अदालत जाने निर्णय गरेका छन् ।
प्रदेशसभामा तत्कालिन अवस्थामा पोखरेलको पक्षमा बहुमत नभए पनि प्रदेश प्रमुख धर्मनाथ यादवले उनलाई मुख्यमन्त्री नियुक्त गरेको र सो काम संविधानको मर्म र भावना विपरीत रहेको विपक्षी दलहरुको दावी छ ।
पोखरेललाई मुख्यमन्त्रीमा गरिएको नियुक्ति संविधानको मर्म र भावना विपरीत रहेको भन्दै न्यायिक उपचार खोज्ने निर्णय गरेको नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्दिन खाँनले नागरिक अनलाइनलाई जानकारी दिए। बुधबार विपक्षी गठबन्धनको बैठक बुटवलमा उनले बताए ।




















