ताजा अपडेट

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित , स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता

लुम्बिनी दर्पण २०७८ असार २, बुधबार ११:४७
[sharethis-inline-buttons]

तिलोत्तमा, असार २ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधार क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७८÷७९ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर प्रमुख बासुदेव घिमिरेले आज दशौं नगरसभाको पहिलो बैठकमा सार्वजनिक गर्नुभएको ‘समृद्ध नगर ः खुशी नगरबासी’ लक्ष्य रहेको स्थानीय सरकारको नीति तथा कार्यक्रम नगरसभाले सर्वसम्मतिले पारित भएको छ । नीति तथा कार्यक्रम बाल्यकालमा शिक्षा, स्वास्थ्य र पोषण; युवाअवस्थामा सीप, उद्यमशीलता र रोजगारी; जीवनको उत्तराद्र्धमा जेष्ठ नागरिकलाई सम्मान, संरक्षण; र महिलालाई समतामूलक अवसर सिर्जनामा केन्द्रित रहेको नगर प्रमुख घिमिरेले बताउनुभयो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा टेकेर नगरको आर्थिक, सामाजिक, साँस्कृतिक विकासका उद्देश्य, लक्ष्य, रणनीति र कार्यनीति सहितको स्पष्ट विकासको खाका निर्धारण गरी एकीकृत शहरी विकास योजना कार्यान्वयनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्देशित रहेको उहाँले स्पष्ट पार्नुभयो ।दोस्रो लहरको कोरोना महामारीले आर्थिक तथा सामाजिक क्षेत्र प्रभावित भैरहँदा ल्याइएको नीति तथा कार्यक्रममा तिलोत्तमाले सबै नगरबासीलाई छिटोभन्दा छिटो कोरोना खोपको पहुँचमा पुर्याउन कोरोना खोप अनुदान कार्यक्रम सञ्चालन गरिने उल्लेख गरेको छ । नीति तथा कार्यक्रममा मूल रुपमा कोरोनाबाट निधन भएका व्यक्तिका छोराछोरीलाई छात्रवृत्तिको व्यवस्था, अतिविपन्न ५० परिवारलाई घर बनाउन प्रतिपरिवार दुई लाख अनुदान। “ग” वर्गको अपाङ्गता भएकालाई ६ हजार सामाजिक सुरक्षाभत्ता, जीर्ण पक्की सडकको मर्मतलाई प्राथमिकता र असोजभित्र व्यवसाय कर तिर्दा तीन महिनाको कर छुट एवं चालु वर्षकैं करको दररेटलाई नै आगामी आर्थिक वर्षमा निरन्तरता दिइएको छ भने कोरोना प्रभावित युवालाई सस्तो ब्याजदरमा ऋण दिइने उल्लेख छ । सरकारी स्वास्थ्य संस्थालाई सुदृढ, सुविधासम्पन्न बनाउँदै ७० वर्ष भन्दा माथि उमेर समूहका जेष्ठ नागरिक तथा अपाङ्गहरुको आधारभूत स्वास्थ्य सेवा घरमै प्रदान गर्ने व्यवस्था मिलाउने घोषणा तिलोत्तमाले नीति तथा कार्यक्रममार्फत् गरेको छ । सामुदायिक विद्यालयहरुको साझेदारीमा थप ३ वटा विद्यालयलाई बस खरिदको लागि प्रतिविद्यालय १० लाख विशेष अनुदान उपलब्ध गराउने नीति लिएको छ । ‘युवा तथा महिलासँग उपमेयर कार्यक्रम’ सञ्चालन गरी युवा तथा महिलाहरुलाई उद्यम, व्यवसाय, सीपसँग जोड्दै सहुलियतपूर्ण कर्जा व्यवस्था गर्ने नीति लिएको छ । मकै, गहुँ, तरकारीको बिउ, सिँचाई बोरिङ, माछा पोखरी, दुध उत्पादन, फूल खेती, पशु बीमामा दिइएको अनुदानलाई थप व्यवस्थित गर्दै निरन्तरता दिने नीति लिएको तिलोत्तमाले दलहन, तेलहन बालीको बीउमा समेत अनुदानको व्यवस्था गरिने जनाएको छ । तिलोत्तमाले ‘मेयर नगर आवास कार्यक्रम’ सञ्चालन गरी आगामी आर्थिक वर्षमा मापदण्डको आधारमा अतिविपन्न निश्चित वर्ग÷समुदायका ५० परिवारलाई घर बनाउन प्रतिघर रु २ लाख अनुदान उपलब्ध गराइने घोषणा गरेको छ । सबै वडा कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य संस्थालगायतका नगरपालिका मातहतका कार्यालयलाई सूचना प्रविधिमैत्री बनाउनको लागि नगरपालिकाको आफ्नै अप्टिकल फाईबर सञ्जाल विस्तार गरिने पनि नगरपालिकाले जनाएको छ । नगरसभाको अर्को बैठक यहीँ असार ८ गते बस्नेछ । स्थानीय सरकारको यो बजेट अधिवेशन हो ।


प्रकाशित : २०७८ असार २, बुधबार ११:४७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका
  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता
  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
प्रतिक्रिया

यो पनि पढौँ

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार

सरकारी कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको बैठक जारी

बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका

गीता मृत्यु प्रकरण : थप दुई जना चिकित्सक पक्राउ

भर्खरै

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

  • सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

  • मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

  • डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech