बुटवल, असार ११ ।
अर्थमन्त्री विष्णु पौडेल शनिबार बिहान बुटवल आउने भएका छन् । कालिगण्डकी तिनाउ बहुउद्देश्यीय डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालयको उद्घाटन गर्न पौडेल रूपन्देही आउन लागेका हुन् ।
शुक्रबार मात्रै गृह, उद्योग वाणिज्य तथा आपूर्ति उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी पाएका पौडेल पाएका छन् । पौडेलले विगत एक दशभन्दा बढी समयदेखि उठाउँदै आएको डाइभर्सनको कार्यालय बुटवल कालिकानगरमा उद्घाटन गर्नेछन ।
पौडेलले निरन्तर रुपमा कालीगण्डकी नदीलाई डाइभर्सन गरेर तिनाउ नदिमा मिसाई रुपन्देही कपिलबस्तु र नवलपरासीको खेतीयोग्य जमिन सिचाई गर्ने बताउँदै आएका छन् । कार्यालयको उदघाटनपछि सुख्खानगर स्थित पुष्पलाल भवनमा रहेको पार्टी कार्यालयमा पार्टी कार्यकर्ताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको नेकपा एमालेले जनाए रुपन्देहीका प्रचार विभाग प्रमुख मोहन चापागाईले बताए ।




















