प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्रैबाट पदीय आकांक्षाका लागि असाधारण अस्वस्थता सुरू भएको बताउनुभएको छ । आज बालुवाटारमा दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टी भित्र अस्थिरता पैदा गर्ने कार्यमा केही व्यक्तिहरू जालझेल, षडयन्त्र, तिकडमका साथ गुटबन्दीमा क्रियाशिल भएको टिप्पणी गर्नुभयो । अहिले त्यो खेल विरोधीहरुसँगको साँठगाठमा प्रवेश गरेको उहाँको आरोप छ । सरकारको नेतृत्वको दुई वर्षपछि पार्टी भित्र असाधारण अस्वस्थता सुरू भएको उहाँको भनाइ छ ।




















