काठमाण्डौ , असार १७
नेकपा एमालेले शुक्रवार केन्द्रीय कमिटीको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई पनि बोलाएको छ । सबै केन्द्रीय सदस्यलाई इमेलमार्फत बैठकमा बोलाइएको र नेपाल, खनालसहित केही वरिष्ठ नेतालाई इमेल, म्यासेज र फोनमार्फत बोलाइएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।
दशौँ महाधिवेशन आयोजक कमिटी भङ्ग गरेर बुधवार ९हिजो० २०७५ सालको जेठ २ गतेकै कमिटी बिउँताउने निर्णय गरेको एमालेले आठ जना स्थायी कमिटी सदस्य पनि थपेको छ ।
तर माधव नेपाल–झलनाथ खनाल पक्षले आफूहरूलाई अलमलाउन ओलीले जेठ २ मा फर्केजस्तो नाटक गरेको र ठ्याक्कै पुरानो कमिटी बिउँताउन आलटाल गरिरहेको जानकारी दिएको छ ।




















