काठमाडौं ,असार १८
पर्सिदेखि आवश्यकताअनुसारको खोप आउने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन । नेकपा एमालेको केन्द्रीय समिति बैठकलाई शुक्रबार सम्बोधन गर्दै ओलीले खोप आउने कुरालाई दाबी गरेका हुन् ।अब भ्याक्सिनको समस्या छैन , पर्सिदेखि चाहिने जति भ्याक्सिन आउँछ , उनले भने, ।
केही दलका साथीहरूले अहिले भ्याक्सिन नदेऊ, हाम्रो सरकार आएपछि दिनू भनेर लबिंग गरिरहेका छन्,’ ओलीले भने ।भारतबाट दोस्रो डोज नआउँदा समस्या भए पनि अब खोपको समस्या नहुने उनले बताए । केही दलका नेताहरुले अहिले कोरोना खोप नदेऊ भनेर लबिङ गरिरहेको समेत उनले जानकारी दिए ।




















