मोहन बेल्वासे
कपिलवस्तुको बाणगंगामा संचालित कृषि, महिला वचत, तथा बहुउद्देश्य सहकारी गरि ६ वटा सहकारी मर्ज गरि आजबाट एकृकृत कारोबारको शुरुवात गरेका हुन् ।१० करोड १७ लाख चुक्ता पुजी रहेको सहकारीले प्रदेशमै नमुना कामको शुरुवात गरेको हो ।
पट्क पटक उत्कृष्ट हुदै आएको सहकारीले अव कृषि , सहकारी बजार, लघु उद्धम र वित्तिय क्षेत्रलाई प्राथमिकतामा राख्दै अगाडी बढ्ने संस्थाका पुर्व अध्यक्ष एवम् सहकारी विज्ञ गुणानिधि भुषालले बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बाणगंगा नगरपालिकाका प्रमुख मंगलप्रसाद थारु विशिष्ट अतिथि उपमेयर चक्र अर्याल, प्रमुख प्रशाशकिय अधिकृत बासुदेव खनाल लगाएतले बोल्दै हव नगरका संध संस्था दिगो र संमृद्धिका लागि मर्ज गर्नुको विकल्प नरहेको भन्दै सिनर्जीलगाएतका मर्ज अभियानमा लागेका सवैलाई सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । संस्थाले एकृकृत कारोबार संगै थप ३ वटा वडामा शाखा विस्तार गर्ने जनाएको छ ।




















