ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

नेपालमा कोरोना संक्रमण सङ्क्रमितसँगै बसिरहेका एकाघरका मानिसहरू कसरी जोगिने

लुम्बिनी दर्पण २०७८ असार २५, शुक्रबार १७:२२

 

अहिले नेपालमा एक लाखभन्दा बढी सक्रिय कोरोनाभाइरस सङ्क्रमित घरमै बसेर स्वास्थ्यलाभ गरिरहेका छन्।काठमाण्डौँ उपत्यकासहित घना बस्ती भएका र एउटै घरमा धेरै जना बस्ने सहरी क्षेत्रमा यस्ता सङ्क्रमितको सङ्ख्या बढी रहेको बताइन्छ।
यस्तो अवस्थामा सङ्क्रमितहरू भएको घर तथा डेरामा बस्ने सङ्क्रमण नभएका व्यक्तिहरूले कोरोनाभाइरसबाट जोगिने उपायहरू अपनाउनु पर्ने चिकित्सकहरू बताउँछन्।खाद्यान्न पसल बन्द गर्ने निर्णयको आलोचना तर अधिकारी भन्छन्, भोकले मर्नुपर्ने स्थिति छैनु ।नेपालमा भेटिएको कोरोनाभाइरसको नयाँ भेरिअन्ट कस्तो र कति चिन्ताजनक हो सङ्क्रमण नभएका परिवारका सदस्यसँग साँघुरो स्थान र एउटै शौचालय प्रयोग गर्दा सङ्क्रमितलाई पनि असहज अनुभव हुने पहिला सङ्क्रमण भएका मानिसहरू बताउँछन्।

चिकित्सकहरू सङ्क्रमितसँग घरमै बस्दा कस्ता सतर्कता तथा सुरक्षात्मक उपायहरू अपनाउन सल्लाह दिन्छन्

सङ्क्रमित हुँदाको अनुभव
सङ्क्रमितका अनुभवमा एकाघरमा बस्दाको अवस्था सहज हुँदैन। तर सुरक्षात्मक उपाय अपनाएर तथा परिवारका सदस्यभन्दा छुट्टै बसेर सङ्क्रमणबाट अन्यलाई बचाउन सकिने अनुभव केही सङ्क्रमितको छ।सङ्क्रमणमुक्त भइसकेका भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका सागरकुमार भट्टराईले घरमा छुट्टै शौचालयको व्यवस्थापन गर्न सकेकाले सहज भएको बताए।

संस्थागत आइसोलेशनमा भन्दा घरमै बस्ने सङ्क्रमितको सङ्ख्या धेरै छ । ूहाम्रो घरमा अन्य परिवारका सदस्यलाई प्रयोग गर्न र मलाई फरक(फरक शौचालय भएकाले सजिलो भयो,ू साढे तीन वर्षको छोरासहित आठ जनाको परिवारमा बस्ने भट्टराईले भने।तर सङ्क्रमण भएपछि परिवारका अन्य सदस्यले कुरा बुझे पनि बालबालिकालाई कुरा बुझाउन नसकिने भएकाले निकै असहज भएको अनुभव उनको छ।

 

मानसिक तनाव
सङ्क्रमित भएपछि सुरुमा निकै चिन्ता लागेको बताउने भट्टराईले केही दिनसम्म लगातार ज्वरो आएपछि मरिन्छ किु जस्तो लागेको सुनाए।त्यसपछि घर परिवारका अन्य सदस्यलाई सरेर गाह्रो बनाउला भन्ने पिर परेको भट्टराई बताउँछन्।तर आफ्नै कोठामा खाना खाएको र शौचालय छुट्टै प्रयोग गर्नुका साथै सरसफाइमा पनि ध्यान दिएकाले त्यस्तो अवस्था नआएको अनुभव गरेका छन्।यद्यपि कोठामा बस्दा एक्लो महसुस गरेको र दिमागमा नकारात्मक कुरा मात्र आएको उनले अनुभव गरे।अन्य रोगमा जस्तो कसैले नजिकै आएर हेरचाह गर्न नमिल्ने भएकाले मानसिक रूपमा चाहिँ आफू निकै कमजोर भएको जस्तो लागेको उनी बताउँछन्।

सुरक्षित कसरी हुने ?
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सल्टेन्ट डा। अनुप बास्तोलाका अनुसार घरमै उपचाररत सङ्क्रमितहरूले सुरक्षित रूपमा अरू व्यक्तिभन्दा छुट्टै बस्नुपर्छ।पीसीआर पजिटिभ हुँदैमा आत्तिनु नहुने र जथाभाबी औषधि सेवन गर्नु नहुने उनको सुझाव छ।पाँच दिन पछिसम्म पनि ज्वरो आउने, खोकी आउने र अक्सिजन कम हुने समस्या देखिइरहेमा चिकित्सकको सल्लाह लिनुपर्ने उनी बताउँछन्।

कोभिड भएर अस्पताल जानुपर्ने अवस्था आए के गर्नेरु यस्ता छन् सरकारका सुझाव
एकै व्यक्तिले दुई थरी खोप लगाउनु हानिकारक हुन्छ रु
उनका अनुसार घरका अन्य व्यक्तिहरूले सङ्क्रमितसँग शौचालय साझा गर्नुपर्दा सुरक्षात्मक उपाय अपनाएर सङ्क्रमणबाट बच्न सकिन्छ।एउटै शौचालय प्रयोग गरे पनि त्यसलाई हरेक पटक सङ्क्रमित जाँदा सफा गर्ने र खुला राख्नुपर्छ। हावा वारपार हुने अवस्था बनाउनु पर्छ।
उनी अन्य स्थान पनि खुला राख्नुपर्ने, सङ्क्रमित जाने स्थान र सङ्क्रमितले प्रयोग गरेका चिजहरूलाई साबुन पानी वा भाइरस मार्ने खालका बजारमा पाइने किटहरू प्रयोग गरेर सफा गर्न सुझाव दिन्छन्।

बीबीसी विश्व सेवाका अनुसार अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रीभेन्शन सीडीसीले सङ्क्रमितसँगै बस्ने एकाघरका मानिसहरूमा सङ्क्रमण हुन नदिन अपनाउन सकिने केही उपायहरू यस्ता छन्

सङ्क्रमितको कोठा

सङ्क्रमितलाई छुट्टै कोठामा राख्न सकिने अवस्थामा त्यसको ढोका बन्द गरेर झ्यालहरू खोल्नुपर्छकोठामा हावा वारपार हुने अवस्था बनाउनु पर्छ। त्यसका लागि पङ्खा खोल्न पनि सकिन्छ। सङ्क्रमितले प्रयोग गरेर भएका फोहोरलाई छुट्टै सङ्कलन गर्नुपर्छ।सङ्क्रमितसँग एउटै कोठामा सुत्नुपर्ने अवस्था भएमा कम्तीमा दुई मिटरको दूरी बनाएर दुई वटा ओछ्यानको बीचमा पर्दा लगाएर भए पनि छेक्नुपर्छ।यदि एउटै ओछ्यानमा सुत्नुपर्ने अवस्थामा दुईतिर फर्केर सुत्नु उपयुक्त हुन्छ। त्यसो गर्दा सङ्क्रमितको श्वासप्रश्वास अन्य माध्यमबाट सर्ने सम्भावना कम हुन्छ।

 

दूरी
सकेसम्म सङ्क्रमितको कोठामा छिर्नु हुँदैन।छिर्नै परेमा पनि दूरी कायम गर्ने र दुवै जनाले मास्क लगाउने गर्नुपर्छ।

 

शौचालय
सकेसम्म सङ्क्रमितले छुट्टै शौचालय प्रयोग गर्दा उपयुक्त भए पनि त्यस्तो अवस्था नहुँदा अन्यले प्रयोग गरिसकेपछि मात्र सङ्क्रमितले प्रयोग गर्दा राम्रो हुन्छ।त्यसपछि पन्जा लगाएर शौचालयलाई राम्ररी भाइरस मार्ने खालका केमिकलहरू प्रयोग गरेर सफा गर्नुपर्छ।सङ्क्रमितले प्रयोग गरेर सफा गरेपछि शौचालय खुला राख्नुपर्छ र सकेसम्म हावा वारपार हुन दिनुपर्छ।सङ्क्रमितले प्रयोग गरेको सकेसम्म लामो समयपछि शौचालय प्रयोग गर्ने गर्दा उपयुक्त हुन्छ।सङ्क्रमितको आफ्नै रुमाल हुनुपर्छ र सकेसम्म उसैले सफा गर्नुपर्छ।सङ्क्रमितले शौचालय गरेर सफा गर्न नसक्ने अवस्थामा अर्को व्यक्तिले मास्क र पन्जा प्रयोग गरेर सफा गर्नुपर्छ र लगत्तै साबुनपानीले हात धुनुपर्छ।

सामानहरू
सङ्क्रमितले थाल, गिलास, कचौराजस्ता वस्तु छुट्टै प्रयोग गर्नुपर्छ।सङ्क्रमितले प्रयोग गरेका भाँडाहरू तातो पानी र साबुन वा भाँडा माझ्ने डिटरजेन्टले माझ्नुपर्छ। त्यसपछि हात पनि साबुनपानीले धुनुपर्छ।फोहोर भएका कपडाहरू पन्जा लगाएर निकाल्नुपर्छ र झड्कार्नु हुँदैन।ती कपडाहरूलाई तातो पानीमा अन्य कपडासँगै धुन सकिन्छ तर ती लुगालाई उच्च तापमा सुकाउनु राम्रो हुन्छ। लुगा धोइसकेपछि साबुनपानीले हात धुनुपर्छ।

 

मानसिक स्वास्थ्यको ख्याल
एकाघरमा बस्ने सङ्क्रमित हुँदा सङ्क्रमित र अन्य सदस्यमा समेत मानसिक समस्याहरू देखिने गरेको मनोचिकित्साविद्हरू बताउँछन्।त्यस्तो अवस्थामा सङ्क्रमितले आफूलाई नकारात्मक सोच आउन नदिन विभिन्न क्रियाकलाप गर्नुपर्ने उनीहरूको भनाइ छ।

मनोचिकित्साविद् डा। नर्मदा देवकोटा भन्छिन्, सङ्क्रमितले आफूलाई एक्लो महसुस हुन नदिनका लागि प्रविधिको उपयोग गर्दै आफन्तसँग भिडिओ कुराकानी गर्ने, योग ध्यान गर्ने, पढ्ने, लेख्ने र मन परेको कुराहरू सुन्ने गर्न सकिन्छ।ूत्यस्तै परिवारका अन्य सदस्यहरूले पनि ुघरमा एक व्यक्ति सङ्क्रमित भए अब हामी पनि हुन्छौँु भन्ने खालको सोच राखेर डराउनु नहुने उनको सुझाव छ।सङ्क्रमित हुन नदिनका लागि सुरक्षात्मक उपाय अपनाउने र डर आउन नदिनका लागि सङ्क्रमणलाई पनि सामान्य रूपमा लिनुपर्ने देवकोटाले बताइन्।त्यस्तै सङ्क्रमित र सङ्क्रमितको परिवारसँग कुराकानी गर्ने आफन्त र साथीभाइले पनि नकारात्मक खबरहरू सुनाउनु भन्दा ढाडस दिएमा मानसिक समस्याहरू कम हुने उनी बताउँछिन्। स्रोत बि बि सी नेपाली


प्रकाशित : २०७८ असार २५, शुक्रबार १७:२२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech