काठमाडौं ,असार २७
प्रधानमन्त्री केपी शर्मा ओलीले वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन गरेका छन ।आइतबार बिहान प्रधानमन्त्री ओलीले वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन गरेका हुन । अस्पतालका प्रमुख डा। जागेश्वर गौतमले वीर अस्पतालमाथि रहेको जनताको आशा र भरोसालाई थप बलियो र विश्वासिलो बनाउने प्रतिबद्धता जनाए ।
नवनिर्मित भवनबाट कोभिड(१९ को जारी महामारी नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास अस्पतालका प्रमुख डा। गौतमले व्यक्त गरे उनले कोभिड(१९ महामारीका बाबजुद् अस्पतालको भवन तोकिएको समयभन्दा अगाडि नै निर्माण सम्पन्न भएको जानकारी दिए । नवनिर्मित भवनबाट अस्पतालले आधुनिक चिकित्सा प्रणाली अपनाइ सेवामा गुणस्तर कायम गर्ने डा। गौतमले बताए । प्रधानमन्त्री ओलीले २०७४ फागुन २५ गते भवनको शिलान्यास गरेका गरेका थिए ।




















