आन्दोलनरत संयुक्त विद्यार्थी संगठनले आजदेखि पेट्रोल पम्प र ट्याँकरहरु बन्द गरेका छन् । पेट्रोलियम पदार्थमा भएको अचाक्ली मूल्यबृद्धिको बिरोध गर्दै पाँच राजनीतिक दलनिकट विद्यार्थी संगठनले नेपाल आयल निगमका १२ वटा बिक्री केन्द्रहरु आजबाट बन्द गर्ने बिरोध कार्यक्रम यसअघि नै तय गरेका थिए । संगठनको बिरोध कार्यक्रममा सक्रिय तवरले सहभागी हुन सम्बन्धित जिल्लाका विद्यार्थी नेताहरुलाई भनिएको छ । यस्तै विद्यार्थीहरुले रुपन्देहीको भलवारी वितरण केन्द्रमा धर्ना दिने तयारी गरेका छन् । बुटवल, दाङको तुलसीपुर, पोखरा, अमलेखगञ्ज, जनकपुर, बिराटनगर, झापा र वीरगन्ज वितरण केन्द्र समेत बन्द गराउन लागेका छन् ।




















