साउन २ ,बुटवल
सामुदायीक बन बाट काठ तस्करी गरि लौजादै गरेको अवस्थामा रुपन्देहीको तिलोत्तमा ११ रामनगर बाट ३ जना रङ्गेहात पक्राउ परेको छन । भने सो कार्यमा संलग्न ३ जना फरार रहेका छन ।
तिलोत्तमा ११ मा रहेको कालीका सामुदायीक बन बाट सालको हरियो रुख काटी गोलीया लौजादै गरेको अबस्थामा ३ जनालाई प्रकाउ गरिएको हो । कालीका सामुदायीक बनका पदाधिकारीको सहयोगमा सव डिभिजन बन कार्यालय सित्तलनगरको टोलीले उनिहरुलाइ प्रकाउ गरेको हो ।
उनीहरुबाट लैजादै गरेको २ गोलीया काठ ,१ मोटर साइकल , ३ साइकल बरामत गरेको सव डिभिजन बन कार्यालय सित्तलनगरले बताएको छ । पक्राउ परेकाहरुलाई थप अनुसन्धानको लागी डिभिजन बन कार्यालय भैरहवा ल्याइएको डिभिजन बन कार्यालय रुपन्देहीका प्रमुख बोधराज सुबेदीले जानकारी दिनुभयो ।




















