ताजा अपडेट

आज गाईजात्रा पर्व मनाइँदै

भोटेकोशी बाढीपछि मुग्लिङ–काठमाडौं सडकखण्ड पुनः सञ्चालनमा

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

घरमै पाइने यी जडिबुटीले सहजै घटाउन सकिन्छ मोटोपन

लुम्बिनी दर्पण २०७८ श्रावण ७, बिहीबार १०:५८
[sharethis-inline-buttons]

व्यस्त जीवनशैलशी, बद्लिदो खानपिन र बढ्दो उमेरसँगै धेरै व्यक्तिको शरीरको तौल बढ्दै गएको छ। यो नेपालको मात्र नभई विश्वव्यापी समस्या बनिसकेको छ। मोटोपन बढ्दै जाँदा शरीरमा विभिन्न रोगहरु पनि देखा पर्छन्। त्यसैले मोटापन व्यवस्थापनका लागि जडिबुटीको प्रयोग सम्बन्धि कैयन अध्ययन अनुसन्धानहरु गरिएका छन्।

आयुर्वेदिक तथा परम्परागत जडिबुटीहरु जस्तै पुदिना, अश्वगन्धा, ध्यूकुमारी, लेमनग्रास, सनाईपत्ता, रोजमेरी, गार्सेनिया, पुनरनभा लगायत थुप्रै बनस्पतिहरुको सेवनले शरीरमा अनावश्यक पदार्थ जम्न पाउँदैन। साथै अतिरिक्त चिनीको मात्रा उर्जामा परिणत हुन्छ। विषाक्त पदार्थ बाहिर निस्कन्छ। बोसो पग्लिन्छ र मोटोपन पनि घट्छ। मोटोपन नियन्त्रणका लागि संसारमा कागतीको रस र ग्रिन टी को प्रयोग अत्यधिक हुने गरेको छ। आफ्नो शरीरको संवेदनशीलतालाई पनि ख्याल राख्दै यी जडिबुटीहरु उचित मात्रामा मिलाएर खानुपर्ने हुन्छ। भान्सामा सहजै पाइने वनस्पतिहरुमा केन्द्रित भएर शरीरको मोटोपन नियन्त्रणका विषयमा यहाँ छलफल गरिएको छ।

हरियो चिया ९ग्रिन टी०
हालै प्रकाशित एउटा सोधमा उल्लेख गरे बमोजिम ग्रिन टी को लगातार ८ देखि १२ हप्तासम्म करिब एक ग्राम एक्ट्रयाक्ट प्रतिदिनका दरले खाँदा सो अवधिमा ३ दशमलव ५ किलो ग्राम शरीरको तौल र ४ दशमलव १४ सेमी कम्मरको गोलाई घटेको तथ्य युरोपियन जर्नलमा प्रकाशित भएको छ।

ग्रिन टी को गुणस्तरको हिसाबले करिब ८ सय मिलीग्राम क्याटाचीन र न्यून मात्रामा क्याफिन रसायनहरु भएको ग्रिन टी तौल घटाउन प्रभावकारी पाइएको छ। ुग्रिन टीुका पोलीफिनोल रसायनहरुले पेटमा संकलित चिल्लो पदार्थ र ग्लुकोजलाई शरीरको मुख्य प्रणालीमा प्रवेश हुनबाट रोक्छन्।

लगातार तीन महिनासम्म ग्रिन टी सेवन गर्दा शरीरमा एलडीएल कोलेस्ट्रोलको मात्रा घटाउँछ । साथै बोसोलाई उर्जामा परिणत गराई तौल नियन्त्रण गर्छ। सचेत हुन के जरुरी छ भने क्याफिनको मात्रा बढी भएको ग्रिन टी, तौल नियन्त्रणका लागि राम्रो हुँदैन। शारीरिक व्यायाम सुरु गर्नुभन्दा पहिले ग्रिन टी सेवन गर्नाले बोसो घटाउन विशेष मद्दत पुग्छ। मधुमेहका बिरामीहरुका लागि ग्रिन टी अझ बढी प्रभावकारी हुन्छ। राम्रो नतिजाका लागि उल्लेखित पोलीफिनोल प्राप्त गर्न प्रति दिन ३ देखि ४ ग्राम ुग्रिन टीुको पात लगातार तीन महिनासम्म पिउनुपर्छ।

जीरा
जीरा हाम्रो भान्सामा सजिलै पाईन्छ। शरीरको मोटोपन नियन्त्रणका लागि जीरा अत्यन्त प्रभावकारी मानिन्छ। मोटोपन भएका एक सय जना महिलाहरुलाई जीराको रस खुवाई तौल नियन्त्रण भएको तथ्य ईरानका मेडिकल विश्वविद्यालयका प्राध्यापक जोर ले पुष्टि गरेका छन्। जीराको रसले रगत सफा गर्छ। बोसो पगाल्न मद्दत गर्छ। रोग प्रतिरोधात्मक क्षमता पनि वृद्धि गर्छ। लीपीड प्रोफाइलका सूचकाङ्कहरु नियन्त्रण गर्छ। पाचन प्रक्रिया वृद्धि गर्छ र विषाक्त पदार्थलाई शरीरबाट बाहिर निकाल्छ। करिब २ चम्चा जीरालाई पानीमा भिजाएर रातभरी राख्ने र बिहान उमालेर रस तयार पारी लगातार दुई महिनासम्म खानाले शरीरको तौल नियन्त्रण गर्न सहयोग गर्छ। तौल घटाउने उद्देश्यले जीरा पानी खाँदा बिहान खाली पेटमा खानुपर्छ। जीराको रसमा थप दालचिनी, मेथी, कागतीको रस आदी पनि मिसाएर सेवन गर्न सकिन्छ।

तुलसी
तुलसीको काडा केही महिनासम्म नियमित सेवन गर्नाले मोटोपन नियन्त्रण गर्न सकिन्छ। तौल बढी भएका व्यक्तिहरुमा गरिएको अनुसन्धानमा प्रतिदिन १० ग्रामका हिसाबले तुलसी १२ हप्तासम्म खाली पेटमा सेवन गर्दा शरीरको तौल, रगतको बोसो लगायत जीवन रसायनिक सूचकाङ्कहरु नियन्त्रण भएको पाइएको छ। प्रयोगशालामा सोधकर्ताहरुले, तुलसीको रसको प्रयोगले रगत सफा पार्ने, पाचन प्रक्रिया गतिशिल बनाउने र मधुमेशहका बिरामीलाई बढी फाइदा भएको पुष्टि गरेका छन्। दैनिक तुलसी खाँदा शरीरको बोसो घट्ने, शरीरमा लाभदायक सुक्ष्म जीवाणुहरुको विकास हुने, कलेजोको कार्य क्षमता वृद्धि हुने भएकाले बढी भएको तौल घटाउन लाभकारी मानिन्छ। तुलसीको १५–२० वटा पातको काडा पकाई खाली पेटमा खानाले बढी फाइदा हुन्छ।

दालचिनी
साढे एक ग्राम दालचिनीको धूलो दिनको तिन पटक गरी सेवन गर्दा शरीरमा तौल बढाउन सक्ने तन्तुहरुलाई नियन्त्रण गर्ने तथ्यहरु विभिन्न सोधहरुमा फेला परेका छन्। यसको पेय बनाएर सेवन गर्दा कम्मरको चौडाई घट्ने, रगतमा लिपीडको मात्रा कम हुने, बोसो पग्लिने जस्ता लाभहरु प्राप्त गर्न सकिन्छ। मधुमेहका बिरामीहरुमा दालचिनीले इन्सलिनको मात्रामा सुधार ल्याएको तथ्य अस्ष्ट्रेलियामा भएको अनुसन्धानमा फेला परेको थियो। यसमा पाइने पोलीफिनोलिक यौगिकहरुले शरीरमा चिल्लो पदार्थको अवशोषणलाई रोक्छ। दालचिनीको आधा चम्चा धूलो एक कप पानीमा उमालेर पिउनुपर्छ। यसलाई दिनमा तीन पटकसम्म पिउनाले मोटापन नियन्त्रणमा बढी फाइदा पुग्छ।

धनिया
धनियाको दानामा प्रशस्त मात्रामा मिनरल, भिटामिन, फाइटोस्टेरोल लगायतका रसायनहरु पाइन्छ। शरीरको मोटोपन नियन्त्रणका लागि यी रसायनहरुको प्रमुख भूमिका हुन्छ। धनियाको दानाको रसले पाचन क्रियालाई मजबुत बनाउने, कलेजोको कार्यलाई सहयोग गर्ने, कोलेस्ट्रोलको मात्रा कम गराउने र साथ साथै तौल बढाउने तन्तुहरुलाई वृद्धि हुनबाट रोक्छ। एउटा अनुसन्धानमा जम्मा ८० जना मोटोपन भएका व्यक्तिहरुमा दैनिक २ ग्रामका दरले ४० दिनसम्म धनिया प्रयोग गर्दा शरीरको उचाईको अनुपातमा तौल, कोलेस्ट्रोल, टिजी, एलडीएल आदि घटेको पाइएको छ। दुई चम्चा धनियाको दाना, एक गिलास पानीमा रातभरी भिजाउने र त्यसलाई छानेर बिहान खाली पेटमा ७५ दिनसम्म खानुपर्छ। धनियाको पातबाट तयार पारिएको रस पनि प्रयोग गर्न सकिन्छ। साथै लसुन वा कागतीको रससँग मिसाएर खाँदा अझ प्रभावकारी हुने कुरा कृषि विश्वविद्यालय पाकिस्तानका सोधकर्ताले उल्लेख गरेका छन्।

मेथी
शरीरमा सञ्चित हुने चिनीलाई मेथीले घटाउँछ र बोसो को रुपमा परिणत भएर जम्मा हुन दिँदैन। एक चम्चा मेथीको दानालाई एक गिलास पानीमा रातभरी भिजाएर राख्ने र बिहान खाली पेटमा पानी सहित चपाएर खानाले मोटापन नियन्त्रण हुन्छ। साथै अन्य धेरै रोगहरुका लागि यो लाभदायक मानिन्छ। तौल व्यवस्थापनको प्रयोजनका लागि मेथीको सेवन कम्तीमा १५ दिन र बढीमा ९० दिनसम्म गर्न सकिन्छ। मेथीको दानामा पाइने अघुलशील रेसाहरुले शरीरमा जम्मा भएका विषाक्त पदार्थहरुलाई बाहिर निकाल्छ र तौल नियन्त्रण गर्न सहयोग गर्छ।

लसुन
मोटोपन भएका ४० जना व्यक्तिहरुमा एक सय मिली ग्राम प्रति केजी शरीरको तौलका हिसाबले दिनको दुई पटक गरी काँचो लसुन लगातार चार हप्तासम्म प्रयोग गर्दा पेटको गोलाई, कम्मरको चौडाई, भुँडीको जमेको बोसो, कोलेस्ट्रोल, शरीरको कुल तौल, घटेको कुरा भारतको यस।पी मेडिकल कलेजका सोधकर्ताहरुले पत्ता लगाएका छन्। लसुनमा पाइने फिनोलीक, सल्फर र टरपीन जस्ता रसायनहरुले शरीरको बोसो पगाल्न मद्दत गर्दछ र टिजी पनि कम गर्छ । लसुन(पानीमा कागतीको रस पनि मिसाएर खाएमा तौल नियन्त्रणका लागि प्रभावकारी हुन्छ।

अदुवा
अदुवाको नियमित सेवनबाट मोटोपन नियन्त्रण गर्न सकिने कुरा थुप्रै अध्यननहरुले प्रमाणित गरेका छन्। अदुवालाई पानीमा पकाएर खाली पेटमा खानाले पाचन प्रक्रिया र जीव रसायनिक प्रक्रियालाई गतिशिल बनाउँछ। मोटोपन भएका ८० जना महिलाहरुलाई दुई ग्राम अदुवा प्रति दिनका दरले ८ देखि १२ हप्तासम्म खान लगाई एउटा अनुसन्धान गरिएको थियो। त्यसमा ती व्यक्तिहरुको तौल घटाउन अदुवा उपयोगी भएको पाइएको छ। अदुवालाई काँचो वा पानीमा उमोलर अन्य जडिबुटीहरुसँग मिसाएर, कागतीको रस राखेर चियाको रुपमा समेत खाली पेटमा खाँदा बढी प्रभावकारी हुन्छ। अदुवाको सेवनले रगतमा चिनिको मात्रा नियन्त्रण गरिदिन्छ र बोसो बन्न पाउँदैन। अदुवाको नियमित सेवनगर्दा आफ्नो शरीरको संवेदनशीलतालाई ख्याल गर्नुपर्छ ि

बेसार
बेसारले शरीरको औसत तौल, टिजी, कोलेस्ट्रोल आदि नियन्त्रण गरेको पाइएको छ। बेसारको धूलो २१ सय मिलि ग्राम प्रति दिनका दरले आठ हप्तासम्म खाँदा मधुमेहका बिरामीलाई समेत फाईदा पुगेको छ। मनतातो पानीमा एक चम्चा बेसार राखेर घोल्ने र बिहान खाली पेटमा सेवन गर्नाले पेट तथा कम्मरको बोसो पगाल्न मद्दत गर्दछ। कागतीको रस पनि मिसाएर खान सकिन्छ। यसले शरीरमा सञ्चित विषाक्त पदार्थ बाहिर निस्कन्छ। कुरकुमीन नामक यौगिकको मोटोपना नियन्त्रणमा प्रमुख भूमिका हुन्छ। यसले मोटोपन वृद्धि गराउने तन्तुहरुको विकास नियन्त्रण गर्छ र रगतमा चिनीको मात्रा पनि नियन्त्रण गर्छ।

सोंफ
सोंफले पनि पाचन क्रियाको सुधार र कलेजोको कार्यक्षमता वृद्धि गराउँछ। पाचन क्रियामा सुधार आउना साथ शरीरले खाद्य पदार्थलाई सजिलै उर्जामा परिणत गराउँछ र तौल बढ्न दिदैन। मोटोपन भएका महिलाहरुमा दक्षिण कोरियामा सन् २०१५ मा गरिएको अध्ययनले सोंफको प्रयोग गर्दा खानाको भोक घटेको पाइएको छ। दुई चम्चा सोंफलाई रातभरी पानीमा भिजाएर राख्ने वा सिधै पानीमा उमालेर त्यसको रस दैनिक रुपमा खानाले शरीरको तौल कम हुन्छ। सकेसम्म बिहान खाली पेटमा, यो संभव नभए बेलुका सुत्नुभन्दा पहिले पिउन सके राम्रो हुन्छ।

कागती
कागती शरीरको तौल नियन्त्रणका लागि अति प्रभावकारी मानिन्छ। दक्षिण कोरियामा गरिएको एउटा अध्ययन अनुसार १४० ग्राम कागतीको रस, १४० ग्राम निबुवाको रस दुई लिटर पानीमा मिसाई लगातार ११ दिनसम्म खाँदा शरीरको बोसो घटेको, कम्मरको चौडाई कम भएको र कुल तौल पनि घटेको पाइएको थियो। मनतातो पानीमा एउटा सिंगो कागतीको रस, स्वादका लागि पुदिना र थोरै मात्र गुंण राखेर बिहान खाली पेटमा खानाले तौल घट्छ। त्यसका साथै कोलेस्ट्रोल, एलडीएल र रगतमा चिनीको मात्रा पनि नियन्त्रण गर्छ। माथि उल्लेख गरिए जति कागतिको रस प्राप्त गर्न कम्तीमा ५ देखि ७ वटासम्म कागती दैनिक सेवन गर्नुपर्ने हुन्छ। अलि बढिनै परिमाणमा सेवनगर्दा आफ्नो शरीरको संवेदनशीलतालाई ख्याल गर्नुपर्छ ि

ज्वानो
एक चम्चा ज्वानोको दाना एक गिलास पानीमा भिजाएर लगातार आठ हप्तासम्म खाली पेटमा खानाले तौल नियन्त्रण गर्छ भन्ने तथ्य सोधपत्रहरुमा प्रकाशित भएका छन्। यसले पाचन प्रक्रिया बलियो बनाउँछ। शरीरमा बढी हुन गई सञ्चित हुन सक्ने पदार्थहरुलाई बाहिर निकाल्छ। बढीमा दुई चम्चासम्म रस सेवन गर्नाले शरीरको मोटोपना नियन्त्रणमा आउँछ।

अतः मोटोपन जस्तो जनस्वास्थ्यको समस्याबाट जोगिनका लागि माथि उल्लेखित गरिएका हाम्रै भान्छामा सहजै उपलब्ध हुने प्राकृति जडिबुटीहरु हुन्। मोटोपन बढ्दै जानु एक जटिल प्रक्रिया पनि भएकाले शारीरिक व्यायाम, पूर्ण निद्रा, सकारात्मक सोच, सन्तुलित खाना आदिले शरीरको जीव रसायनिक प्रक्रियालाई गतिशिल बनाउँछ र तौल नियन्त्रणका लागि मद्दत पुर्‍याउँछ। मोटोपन बढनु एक जटिल प्रक्रिया पनि भएकाले यी प्रयास मात्र पर्याप्त नहुन पनि सक्छन्। यी प्राकृतिक विकल्पहरुका साथसाथै सरल र स्वस्थ्य जीवनशैली पनि उत्तिकै जरुरी छ। स्रोत स्वास्थ्य खबरपत्रिका


प्रकाशित : २०७८ श्रावण ७, बिहीबार १०:५८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

आज गाईजात्रा पर्व मनाइँदै

भोटेकोशी बाढीपछि मुग्लिङ–काठमाडौं सडकखण्ड पुनः सञ्चालनमा

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

भर्खरै

  • आज गाईजात्रा पर्व मनाइँदै

  • भोटेकोशी बाढीपछि मुग्लिङ–काठमाडौं सडकखण्ड पुनः सञ्चालनमा

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech