साउन १४
अखिल नेपाल फुटबल संघ, एन्फाले शुक्रबार आपतकालीन बैठक बोलाएको छ । नेपाली फुटबलसँग सम्बन्धित विषयमा छलफलका लागि एन्फाले बैठक बोलाएको हो । भोलिको बैठकमा नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको राजीनामाको विषय र दक्षिण एसियाली फुटबल महासंघ ९साफ०ले आगामी साफ च्याम्पियनसिप नेपालमा आयोजना गर्न गरेको प्रस्तावमाथि गहन छलफल गर्ने बताइएको छ




















