काठमाडौं, साउन १७
अखिल नेपाल फुटबल संघ ९एन्फा० का प्रवक्ता किरण राईले आफ्नो पदबाट राजीनामा दिएका छन् ।आज दिउँसो एन्फाको मुख्यालयमा प्रवक्ता राईले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई राजीनामा पत्र बुझाएका हुन् ।प्रवक्ता राईले राजीनामाको कारण भने खुलाएका छैनन् ।




















