ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

१३ प्रतिशत किशोरी २० वर्ष नपुग्दै आमा बन्छन्

लुम्बिनी दर्पण २०७८ श्रावण २१, बिहीबार १०:५८
[sharethis-inline-buttons]

 

लमजुङ ,साउन २१
मर्स्याङ्दी गाउँपालिका–३ की एक किशोरी उमेरले १५ वर्ष पुगिन् । विवाह गरेको एक वर्षपछि उनले बच्चा जन्माइन् । उनी मात्र होइन, जिल्लामा उनीजस्तै कम उमेरमा आमा हुनेहरूको सङ्ख्या बढ्दो छ ।

कानून अनुसार २० वर्षअघि विवाह गर्न पाइँदैन । तर, जिल्ला अस्पताल लमजुङमा प्रसूति गराउन आउनेमध्ये १३ दशमलव १५ प्रतिशत किशोरी २० वर्षमुनिकै रहेको पाइएको छ । जिल्लामा बालविवाह रोकथाम तथा न्यूनीकरणका लागि सरकारी तथा गैरसरकरी सङ्घसंस्थाले विभिन्न खालका सचेतनामूलक कार्यक्रम सञ्चालन गरिए पनि व्यवहारमा कार्यान्वयन हुन सकेको देखिएको छैन । सानै उमेरमा आमा बन्ने किशोरीको सङ्ख्यामा अहिले पनि कमी आउन सकेको छैैन । २० वर्षभन्दा कम उमेरमा गर्भवती भएका किशोरीहरूको विवाह भने १५ देखि १८ वर्षमा भएको पाइएको जिल्ला अस्पतालको अनुमान छ ।

“उमेर नपुग्दै यहाँ प्रसूति सेवा गर्न आउनेमध्ये अधिकांश १४ देखि १८ वर्ष उमेर समूहका छन्”, जिल्ला अस्पताल लमजुङका प्रमुख हेमन्त श्रेष्ठले भने, “यीमध्ये सबैभन्दा बढी १७ वर्ष उमेरका महिलाले प्रसूति सेवा लिएको छ ।” अधिकांश किशोरीलाई शल्यक्रियामार्फत सुत्केरी बनाउनुपर्ने बाध्यता कम उमेरमा विवाह नै भएको उनले बताए । कम उमेरमा सन्तान जन्माउँदा मातृ–शिशु मृत्युदरको उच्च जोखिम रहेको प्रमुख श्रेष्ठको भनाइ छ ।

अस्पतालमा प्रसूति सेवाका लागि आउने महिलाहरूको तथ्याङ्कमा प्रसूति गराउनेमध्ये केही १४ वर्ष उमेरका किशोरी पनि भेटिएको उनले बताए । स्वास्थ्य कार्यालय लमजुङ तथा जिल्ला अस्पतालले आमा सुरक्षा कार्यक्रम गरेर चाँडै विवाह गर्दा हुने असर र विभिन्न समस्याका बारेमा आमा समूहमार्फत सेवाग्राहीलाई समेत जानकारी गराउँदै आएका पनि छन् । जिल्लामा विभिन्न सङ्घसंस्थाले पनि नाटक कार्यक्रममार्फत उमेर नपुग्दै विवाह गर्दा तथा गर्भवती हुँदा बच्चा र आमा दुवैलाई हुने असरलगायतका बारेमा सचेत गराउँदै आएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक केन्द्रमार्फत बालविवाह गर्न नहुने, स्वास्थ्यमा पर्ने असर, कानूनी कारवाही हुनेबारे सचेतसमेत गराउँदै आएको छ । कम उमेरमा विवाह गर्नेलाई प्रहरीले कारवाहीसमेत गर्दै आएको छ, तर पनि जिल्लामा उमेर नै नपुगी विवाह मात्र होइन कलिलै उमेरमा बच्चाको आमा बन्नेमा वृद्धि हुँदा एउटा ठूलो चुनौती बनिरहेको छ । कलिलै उमेरमा विवाह गर्नाले महिलाको स्वास्थ्यमा पनि असर पर्ने भएकाले यसतर्फ सचेत गराउनका लागि स्वास्थ्य शिक्षाबारे विद्यालयस्तरमै बढी जानकारी गराउनुपर्नेमा चिकित्सकले जोड दिएका छन् ।

कम उमेरमा आमा बन्नुपर्दा हुने जोखिम बारे विद्यालय स्तरमा नै सचेत एंव शिक्षा दिनुपर्ने आवश्यकता रहेको उनीहरुको भनाइ छ । अस्पतालका स्त्रीरोग विशेषज्ञ डा। हेमा सन्त्यालले भने , “उमेर नपुगी गर्भवती हुँदा तथा बच्चा जन्माउँदा महिला र बच्चा दुबै जनाको स्वास्थ्यमा गम्भीर असर पुग्ने र कतिपय अवस्थामा ज्यानसमेत जान सक्ने जोखिम छ । ” ग्रामीण भेगमा स्कूले शिक्षा नै पूरा नगर्ने, पढाइ छोड्ने प्रवृत्ति भएकाले पनि किशोरी उमेरमै आमा बन्ने गरेको उनको भनाइ छ । उनले किशोरी उमेरका गर्भवती जाँच गराउन आउँदा पर्न सक्ने शारीरिक, मानसिक र आर्थिकलगायत सबै प्रकारका समस्याका बारेमा सम्झाएर पठाउने गरेको उनले जानकारी दिए ।

कम उमेरमै बच्चा जन्माउँदा पाठेघर खस्ने, विभिन्न रोगको सङ्क्रमण हुन सक्ने, महिलाको योनी मार्ग बढी च्यातिनेलगाय विभिन्न असर तथा समस्या हुने उनको भनाइ छ । उमेर नपुगी अस्पतालमा आउने अधिकांश ती महिलाको शल्यक्रिया गरेर बच्चा जन्माउने गरेको अस्पताल स्त्रीरोग विशेषज्ञ सन्त्यालले बताउनुभयो । उनले भने, “कानूनीरुपमा २० वर्षपछि विवाह तथा बालबच्चा जन्माउन पाउने भएपनि २५ वर्ष नाघेपछि महिलाले बच्चा जन्माउँदा बढी उपयुक्त हुन्छ ।”

अस्पतालका प्रमुख श्रेष्ठका अनुसार अस्पतालमा १४ वर्षका किशोरीसमेत प्रसूति सेवा लिन आउने गरेका छन् । जिल्लाका आठ स्थानीय तहमध्ये मस्र्याङ्दी गाउँपालिका, दोर्दी गाउँपालिका र सुन्दरबजार नगरपालिकाका अधिकांश महिला प्रसूति सेवा लिन आउने गर्छन् । विशेष गरी आदिवासी जनजाति, दलित समुदायका महिला सानै उमेरमा विवाह गर्ने र गर्भवती हुने गरेका पाइएको उनको भनाइ छ ।

अस्पतालका अनुसार गत आर्थिक वर्षमा एक हजार १७१ जनाले सुरक्षित प्रसूति सेवा लिएका छन् । तीेमध्ये २० वर्ष भन्दा कम उमेरका १५४ जना रहेको अस्पतालले जनाएको छ । आर्थिक वर्ष २०७६र२०७७ मा अस्पतालमा एक हजार १२३ जनाले प्रसूति सेवा लिएका थिए ।

सोमध्ये कम उमेरका १७१ जना रहेको थियो । यसैगरी आर्थिक वर्ष २०७५र२०७६ मा अस्पतालबाट प्रसूति सेवा लिनेको सङ्ख्या एक हजार ११ रहेकामा १८३ जना २० वर्षभन्दा कम उमेर समूहका थिए । त्यस्तै आर्थिक वर्ष २०७४र२०७५ मा एक हजार ३२२ जनाले प्रसूति सेवा लिएकोमा २० वर्षभन्दा कम उमेर समूहका ३६३ जना रहेको अस्पतालले जनाएको छ । विसं २०५८ देखि अस्पतालले प्रसूति सेवा प्रवाह गर्दै आएको छ । अस्पतालको प्रसूति गृहमा १५ श्यया रहेको छ ।

जिल्ला प्रहरी कार्यालयले स्थानीय तहसँग समन्वय गरेर बालविवाह नियन्त्रण अभियान सञ्चालन गरिरहेको जनाएको छ । बालविवाह गर्ने र गराउनेलाई कारबाही गर्दै आए पनि रोक्न सजिलो नभएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार घरायसी वातावरण, परम्परागत संस्कार र सञ्चार माध्यमको बढ्दो प्रयोगले कम उमेरमा विवाह गर्ने क्रम बढेको पाइन्छ । स्रोत रासस


प्रकाशित : २०७८ श्रावण २१, बिहीबार १०:५८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

धान उत्पादन बढाउन र कृषि आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

मुख्यमन्त्री आचार्य र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech