ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

मेलम्ची बाढी : खाद्यान्न लिन ८ घण्टा हिँड्नुपर्ने बाध्यता

लुम्बिनी दर्पण २०७८ श्रावण २२, शुक्रबार ०९:०२
[sharethis-inline-buttons]

लुदअ साउन २२, सिन्धुपाल्चोक
मेलम्ची खोलामा आएको बाढीले स्थानीयमा अनेकौं समस्या थपिएका छन् । बाढीका कारण सडक सञ्जाल, विद्युत सेवा र टेलीफोन सम्पर्कबाट स्थानीय वञ्चित हुन थालेका छन् ।

हेलम्बुको हिमाली बस्ती मेलम्ची घ्याङ, तार्के घ्याङ, नाकोते जस्ता ठाउँहरु सडक, विद्युत तथा सञ्चारबाट पूर्णरुपमा विच्छेद भएका छन् । मेलम्ची घ्याङका स्थानीयलाई खाद्यान्न र औषधि लानै समस्या भएको छ । हेलिकप्टर आउँदा राहतको सास फेरे पनि बाढी आउँदा मन कहालिएर आउने हेलम्बुका बाढी प्रभावितहरु बताँउछन् ।

 

असार १ गते आएको बाढीले हेलम्बु देखि मेलम्ची र तटीय क्षेत्र लेदोले पुरेको थियोे । तर साउन १६ गते शनिबार राति आएको बाढीले कटान थालेपछि नदी किनार आसपासका स्थानीयमा समस्या आइपरेको छ ।
असार १ गतेको बाढीले बचेको हेलम्बुको एतिहासिक चनौटे बजारको रातो पुल, चनौटे बजार, ग्याल्थुम बजार, तालामाराङ मेलम्चीमा केही क्षति पुर्याएको थियो । तर साउन १६ गतेको बाढीले भने ती सबै ठाउँमा पूर्ण क्षति पुर्याएको छ ।

 

बाढीको वितण्डा र वर्षातको समय भएकोले हिमाली बस्तीका स्थानीय एक गाउँबाट अर्को गाउँसम्म समेत जान सक्ने अवस्था छैन । मेलम्ची घ्याङ भने सबै सेवा सुविधाबाट पूर्णरुपले वञ्चित बनेको छ ।

सडक निर्माण प्रमुख आवश्यकता
अहिले हेलम्बुमा राहत सामाग्री लिएर जानसमेत समस्या भइरहेको छ । पुल र सडक नहुँदा बिरामी तथा सुत्केरी व्यथा लागेकालाई अस्पताल लैजान समस्या हुन थालेको छ । हेलिकप्टरबाट राहत नआए मेलम्ची बजारदेखि दैनिक ७र८ घण्टा बोकेर सामान ल्याउनुपर्ने बाध्यता छ ।

 

‘असार अघि एक दुई बोरा चामल जोहो गरेको राखेको थियौ त्यो पनि सकिन थाल्यो यातायातको सेवा छैन पुल सडक जताततै भत्किएको छ’, स्थानीय साङ्गनोर्बु शेर्पाले भन्नुभयो, ‘चनौटे र मेलम्ची बजारबाट बोकेर नल्याए खान पाउने अवस्था छैन, विद्युत नहुँदा टेलिफोन सेवा पनि चलेको छैन, धेरै समस्या छ ।’

पुल र सडक नहुँदा अहिले हेलम्बु पाँचपोखरी र मेलम्ची नगरपालिकाका स्थानीय बिरामी पर्दा समेत अस्पताल जान सक्ने अवस्था छैन् । पुल र सडककै समस्याका कारण स्थानीय मिल, घट्टको सुविधाबाट समेत वञ्चित बनेका छ्न । बाढीबाट जति पीडित बनेका छन्, त्यति नै सडक सञ्जाल बन्द हुँदा समस्यामा परेका छन् ।

 

‘हिँडेर आउन पनि बाटो राम्रो छैन, पहिरो आउने जङ्गलको बाटो हिँड्नु पर्ने अवस्था छ’, थाङ्पालकोटका सोनाम ग्याल्वो तामाङले भन्नुभयो, ‘त्यसैले सरकारले तत्काल पुल र सडक निर्माण गरेर सञ्चालनमा ल्याउनु पर्ने देखिन्छ ।’

 

बाढीले धेरैका घर बगायो । कतिका व्यवसाय बगायो । कृषि फार्म देखि लिएर माछा पालन समेत बगायो । बाढीबाट ट्राउट फर्मको क्षति बेहोर्नुभएका युवराज खड्का पनि सडक सञ्जाल सञ्चालनमा ल्याउनु नै अहिलेको प्रमुख आवश्यकता ठान्नुहुन्छ ।

‘अब क्षति भएको स्थानमा तत्काल सडक निर्माण गरेर चनौटेमा पुल निर्माण नगरे स्थानीय अझै धेरै मर्कामा पर्ने देखिन्छन, त्यसैले यसतर्फ सरकारको ध्यान जान जरुरी छ ।’


प्रकाशित : २०७८ श्रावण २२, शुक्रबार ०९:०२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

धान उत्पादन बढाउन र कृषि आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

मुख्यमन्त्री आचार्य र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

बाणगंगा वेलफेयरको सामाजिक अभियानमा सक्रिय भूमिका निभाएका पौडेल सम्मानित

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech