काठमाण्डौ, भदौँ ३
सरकारले श्री कृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा दिने भएको छ ।मन्त्रिपरिषद्को बैठकले भदौ १४ गते सोमबारका दिन परेको जन्माष्टमीको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको कानुन न्याय तथा संसदीय मामिला मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।



















