ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

धानको बीउ उत्पादनमा कृषि ज्ञान केन्द्र

लुम्बिनी दर्पण २०७८ भाद्र १०, बिहीबार १२:०२

 

कावासोती ,भदौँ १०
नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरमा धानको बीउमा आत्मनिर्भर हुन र गुणस्तरीय बीउ तयार गर्न बीउ उत्पादन कार्यक्रम सञ्चालन गरिएको छ । कृषि ज्ञान केन्द्र पूर्वी नवलपरासी र किसान मिलेर यहाँका दुई स्थानीय तहमा धानको बीउ उत्पादन गर्न खेती गरिएको छ । विनयी त्रिवेणी गाउँपालिकाको वडा नं २ र ४ तथा गैँडाकोट नगरपालिकाका वडा नं ११ र १२ मा यो कार्यक्रम सञ्चालन गरिएको हो । कृषि ज्ञान केन्द्रको ५० प्रतिशत अनुदानमा रामधान, वार र सावा मन्सुली जातको धानखेती गरिएको छ ।

दुई कृषक समूह र एक व्यक्तिले गरी १२ बिघा क्षेत्रफलमा अहिले धानको बीउ उत्पादन गर्न खेती गरिएको छ । बीउ राम्रो र गुणस्तर भएमा उत्पादन पनि राम्रो हुने भएकाले बीउ उत्पादनलाई ज्ञान केन्द्रले प्राथमिकतामा राखेको कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले बताए । गण्डकी प्रदेशको सबैभन्दा बढी धान खेती हुने जिल्ला पूर्वी नवलपरासी भएकाले यस जिल्लालाई धानमा आत्मनिर्भर गराउँदै अन्यत्र निर्यात समेत गर्ने लक्ष्यका साथ यो कार्यक्रम सुरु गरिएको लामिछानेले बताए ।

किसानले सूचीकृत नभएका बीउ र भारतबाट चोरीछिपी ल्याइएको बीउ प्रयोग गर्दा धान उत्पादन नहुने, विभिन्न समस्या देखिँदा किसानले नोक्सान बेहोर्नुपर्ने तथा उत्पादनमा ह्रास आउने भएकाले गुणस्तरीय बीउ उत्पादनमा जोड दिन यो कार्यक्रम गरिएको लामिछानेले जानकारी दिए । आफ्नै ठाउँमा बीउ उत्पादन गरेर आत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देश दिन पनि यो कार्यक्रम गरिएको उनको भनाइ छ ।

दुम्किवासमा धानखेती गर्नुभएका किसान खड्कबहादुर कमालले ज्ञान केन्द्रसँग समन्वय गरेर पहिलोपटक बीउका लागि धानखेती गरिएको बताए । उत्पादन भएपछि बजारको अवस्था राम्रो भएमा यस कार्यलाई निरन्तरता दिइने उनले जानकारी दिए । जिल्लामा अन्य विभिन्न सङ्घसंस्था र सहकारी संस्थाले पनि बीउ उत्पादन गर्ने काम गरिरहेका छन् । कृषि ज्ञान केन्द्रको प्रत्यक्ष लगानीमा यस वर्ष दुई स्थानीय तहमा खेती गरिएको हो । कार्यक्रम सफल भए विस्तार गरिँदै लगिने जनाइएको छ ।

उत्पादन भएको बीउको बजारीकरणका लागि पनि ज्ञान केन्द्रले जिल्लाकै देवचुलीस्थित लालीमा कृषि सहकारी संस्थासँग समन्वय गरेको छ । बाहिरी जिल्लामा समेत समन्वय गरिएको कृषि ज्ञान केन्द्रका बाली विकास अधिकृत मीरा चौधरीले जानकारी दिए । यसैबीच बीउका लागि लगाइएको धानमा रोग किरा देखिएको गुनासो किसानले गरेपछि कृषि ज्ञान केन्द्रले अनुगमनसमेत गरेको छ । अनुगमनका क्रममा धानमा गबारो, हिस्वा, ब्याक्टेरिया, ढुसीजन्य रोग देखिएको वरिष्ठ बाली संरक्षण अधिकृत पर्शुराम अधिकारीले जानकारी दिए । कहीँकतै खाद्यतत्वको कमीले पनि पात पहेँलो हुने, सुक्ने गरेको उनले जानकारी दिए । आत्तिहाल्नुपर्ने अवस्था भने नरहेको उनले बताए ।अनुगमनका क्रममा बीउको धानमा बेजात देखिएपछि तुरुन्तै उखालेर फालिएको थियो । आफूले लगाएको धानभन्दा फरक प्रकृतिको धान देखिएमा त्यसलाई तुरुन्तै फाल्नुपर्ने बाली विकास अधिकृत चौधरीले बताउनुभयो । बेजातले बीउको गुणस्तरमा असर गर्ने उनले बताए । (रासस


प्रकाशित : २०७८ भाद्र १०, बिहीबार १२:०२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

धान उत्पादन बढाउन र कृषि आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

मुख्यमन्त्री आचार्य र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

बाणगंगा वेलफेयरको सामाजिक अभियानमा सक्रिय भूमिका निभाएका पौडेल सम्मानित

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech