काठमाडौँ ,भदौ १७
पछिल्लो २४ घण्टामा १४ हजार ६५० जनाको कोभिड १९ परीक्षण गर्दा दुई हजार चारजनामा संक्रमण देखिदा १ हजार ८४६ जना संक्रमण मुक्त भएका छन्। संक्रमणका कारण थप १६ जनाको मृत्यु भएको छ।
हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३३ हजार ९४६ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।हालसम्म देशभर संक्रमणका कारण १० हजार ७८६ जनाको मृत्यु भइसकेको छ।




















