ताजा अपडेट

थकाली खानाको स्वाद अब जितपुरमै, खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’

आज गाईजात्रा पर्व मनाइँदै

भोटेकोशी बाढीपछि मुग्लिङ–काठमाडौं सडकखण्ड पुनः सञ्चालनमा

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

फस्टाउँदै टिमुर खेती

लुम्बिनी दर्पण २०७८ आश्विन ४, सोमबार १५:१८
[sharethis-inline-buttons]

नारायाणपुर, आश्विन ४

जिल्लामा टिमुरको उत्पादन बढ्दै गएको छ । व्यावसायिक खेतीबाट राम्रो आम्दानी हुन थालेपछि पहाडी भेगमा टिमुरको उत्पादन बढ्दै गएको डिभिजन वन कार्यालय दाङले जनाएको छ । जङ्गली जनावरका कारण मकैलगायतका खेती गर्न नसकेका किसानले अहिले टिमुरको व्यावसायिक खेती गर्न लागेका हुन् ।

 

डिभिजन वन कार्यालय दाङका अनुसार गत वर्ष जिल्लाबाट एक लाख ७७ हजार पाँच सय किलो टिमुर निर्यात भएको छ । सो मध्ये एक लाख ३७ हजार किलो निजी वन र राष्ट्रिय वनबाट ४० हजार पाँच सय किलो टिमुर जिल्ला बाहिर निकासी भएको वन कार्यालय दाङका सहायक वन अधिकृत भक्तबहादुर चौधरीले बताए ।

उनकाअनुसार आर्थिक वर्ष २०७६र७७ मा टिमुर ९६ हजार ७४५ केजी निर्यात भएको थियो । गत वर्ष जिल्लामा करिब–करिब दोब्बर ८० हजार केजी टिमुर वृद्धि भएको कार्यालयले जनाएको छ । टिमुर उत्पादनको दृष्टिले दाङको पहाडी क्षेत्र सम्भावनायुक्त क्षेत्र भएको भन्दै डिभिजन वन कार्यालय दाङले बङ्गलाचुली गाउँपालिकासँगै घोराही उपमहानगरपालिकाको १८ र १९ नम्बर वडालाई गत वर्ष पकेट क्षेत्र घोषणा गरेको छ ।

पकेट क्षेत्रमा टिमुरसँगै मालागेडी र दालचिनीका एक लाख ८४ हजार बिरूवा दुई वर्षको अवधिमा रोपिएको वन कार्यालयले जनाएको छ । जसमा करिब एक लाख बढी बिरूवा टिमुरका छन् । “पहाडी क्षेत्रमा थोरै–थोरै बोट प्रायः सबै किसानका घरमा छन्, त्यसले मात्र किसानको जीवनस्तरमा परिवर्तन हुन सक्दैन, जडीबुटीका माध्यमबाट किसानको जीवनस्तरमा परिवर्तन ल्याउन धेरै नै जडीबुटी खेती गर्नुपर्छ भनेर अहिले बढाउँदै लगेका छौँ, जसले गर्दा अहिले धेरै किसानले बिरूवा रोप्न थाल्नुभएको छ”, सहायक वन अधिकृत चौधरीले भने ।

कार्यालयका अनुसार टिमुरसँगै अन्य जडीबुटीको जिल्लाबाट निर्यात बढेको छ । जसअनुसार मालगेडी ६० हजार केजी, रिठा ३५ हजार ५८० केजी, अमला ११ हजार २०० केजी, काउलोको बोक्रा ५२ हजार १५० केजी, तेजपात ६७ हजार ३०० केजी, लहरे गुर्जो एक हजार ३०० केजी र टिगडी ५ हजार ४५० केजी जिल्ला बाहिर निर्यात भएको सहायक वन अधिकृत चौधरीले बताए ।

उनकाअनुसार अल्लोको बोक्रा २०० केजी, पाखनवेद ९ हजार केजी, सुगन्धवा ५०० केजी, गत्रो सात हजार १५ केजी, बर्रो पाँच हजार केजी, हर्रो चार हजार केजी, धाइराको पूmल एक हजार ५०० केजी, भृगराज एक हजार ५००, दूधेलहरो एक हजार ५००, ब्राह्मी एक हजार ५००, बेलचना ३०० हजार केजी र चुत्रोको बोक्रा पाँच हजार केजी निर्यात हुँदा सात लाख १७ हजार २५० रूपैयाँ राजस्व सङ्कलन भएको छ ।

वन कार्यालयले राष्ट्रिय वनबाट सङ्कलित जडीबुटीको निर्यातमा राजस्व लिने गरेको छ । निजी वनबाट सङ्कलित जडीबुटीमा राजस्व नलिने गरेको सहायक वन अधिकृत चौधरीले जानकारी दिए। जिल्लामा ८९ हजार ४१७ हेक्टर वनमध्ये १६० हेक्टर वन क्षेत्रमा जडीबुटीखेती हुने गरेको छ । स्रोत रासस


प्रकाशित : २०७८ आश्विन ४, सोमबार १५:१८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

धान उत्पादन बढाउन र कृषि आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

मुख्यमन्त्री आचार्य र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

बाणगंगा वेलफेयरको सामाजिक अभियानमा सक्रिय भूमिका निभाएका पौडेल सम्मानित

भर्खरै

  • थकाली खानाको स्वाद अब जितपुरमै, खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’

  • आज गाईजात्रा पर्व मनाइँदै

  • भोटेकोशी बाढीपछि मुग्लिङ–काठमाडौं सडकखण्ड पुनः सञ्चालनमा

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech