ताजा अपडेट

थकाली खानाको स्वाद अब जितपुरमै, खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’

आज गाईजात्रा पर्व मनाइँदै

भोटेकोशी बाढीपछि मुग्लिङ–काठमाडौं सडकखण्ड पुनः सञ्चालनमा

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

नारायणगढ-बुटवल सडक : खाल्डाखुल्डीले सवारी गुडाउन सकस

लुम्बिनी दर्पण २०७८ आश्विन ५, मंगलवार १४:२८
[sharethis-inline-buttons]

नवलपुर ,आश्विन ५

विस्तारका क्रममा रहेको महेन्द्र राजमार्गको नारायणगढ(बुटवल सडकखण्डमा चालक तथा यात्रु सकसपूर्ण यात्रा गर्न बाध्य भएका छन । करिब ११४ किलोमिटर लम्बाइ रहेको सो सडकको खण्ड(१ मा पर्ने नवलपरासी ९बर्दघाट(सुस्तापूर्व०को ६५ किलोमिटर सडक खण्डमध्ये आधाभन्दा बढी भत्किएर खाल्डाखुल्डी छन ।

गैँडाकोटबाट सुरु हुने सडकको खाल्डाखुल्डी दाउन्नेसम्म उस्तै छ । चारवटा स्थानीय तहलाई छुने सो सडकको सबैभन्दा बढी खाल्डाखुल्डी गैँडाकोटमा रहेको छ । यो सडकको सबैभन्दा कम खाल्डाखुल्डी र केही राम्रो बाटो भने मध्यविन्दु नगरपालिकाको जङ्गल क्षेत्रमा मात्रै भेट्टाउन सकिन्छ । सो सडक भएर यात्रा गर्नेमध्ये सबैभन्दा बढी समस्या बिरामी र एम्बुलेन्स चालकलाई हुने गरेको छ ।

संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष नवराज लामिछानेले नारायणगढ(बुटवल सडक पहिलेको अवस्थामा भन्दा ९९ प्रतिशत बिग्रिएको बताए । ‘सामान्य नागरिकलाई त त्यो बाटोमा यात्रा गर्न गाह्रो हुन्छ । झन् हामी त बिरामी लिएर हिँड्नुपर्छ, बिरामीलाई चाँडो अस्पताल पुर्‍याउनुपर्छ । बाटोका कारण बिरामीलाई अस्पताल पुर्‍याउन ढिला हुँदा उनीहरूको अवस्था जटिल भइसकेको हुन्छ,’ उनले भने ।

नवलपुरका बिरामीलाई अस्पताल लैजाने बेलामा घरमा सामान्य बिरामी भएका मान्छेसमेत अस्पताल पुग्दा उनीहरूको अवस्था जटिल हुने गरेको लामिछानेले बताए ।

‘बिरामीलाई चाँडो अस्पताल पुर्‍याउनुपर्ने हुन्छ । तर बाटोको अवस्थाका कारण एम्बुलेन्स कुदाउन सक्ने स्थिति नै छैन । विस्तारै जाँदा अस्पताल ढिला पुगिने बाध्यता एउटा छ, अर्को बाटोमा भएका खाल्डाखुल्डीका कारण बिरामीको ज्यान शिथिल हुन्छ,’ उनले भने ।

यो सडकमा रहेको खाल्डाखुल्डीका कारण साह्रै समस्यामा हुने गरेको लामिछानेले बताए । सो सडक भएर यात्रा गर्ने अन्य निजी तथा सार्वजनिक सवारी साधनका चालकसमेत बाटोका कारण समस्यामा पर्ने गरेको बताउँछन ।

मध्यविन्दुबाट काठमाडौं चल्ने माइक्रोबसका चालक अजय चौधरीले बाटोमा खाल्डाखुल्डी बढी हुँदा सवारी साधन चाँडै बिग्रिने गरेको गुनासो गरे ।

‘पहिला महिनाको बढीमा दुईपटक सवारी सर्भिसिङ गर्दा हुन्थ्यो । अहिले दुईपटक काठमाडौँ पुगेर आउँदा गाडी सर्भिसिङ गराएन भने चलाउनै नसकिने हुन्छ,’ उनले भने ।

सडकमा भएका ठूला(ठूला खाल्डाका कारण गाडीको पट्टा भाँचिने, टायर खिइने समस्या बढी हुने गरेको चौधरीको भनाइ छ ।

घाम लाग्दा धुलो, पानी पर्दा हिलो

सडकको दुरवस्थाका कारण स्थानीयवासीसमेत मर्कामा परेका छन । कावासोती(१६ डण्डामा मोबाइल पसल सञ्चालन गर्दै आएका सन्तोष पोखरेलले बाटोमा उड्ने धुलोका कारण आफूहरूलाई समस्या हुने गरेको बताए ।

‘पानी पर्दा हिलो हुन्छ, घाम लाग्दा धुलो उडेर पसल फोहर हुने गरेको छ । मोबाइलका सामान लिन दैनिकरूपमा नारायणगढ जानुपर्ने मलाई बाटोको हिलो र धुलोका कारण झनै समस्या पर्ने गरेको छ,’ उनले भने ।

बाटोमा भएको खाल्डाखुल्डी र घाम लाग्दा उड्ने धुलो तथा पानी पर्दा हुने हिलोका कारण मोटरसाइकल चलाउन पनि समस्या हुने गरेको उनले बताए ।

‘नारायणगढ पुगेर सामान ल्याउन भनेर मोटरसाइकलमा जानसक्ने अवस्था नै छैन । डण्डाबाट नारायणगढ पुग्दा मान्छे पूरै धुलैधुलो भइन्छ, बाटोको अवस्थाका कारण यो सडकमा मोटरसाइकल चलाउन नपरे हुन्थ्योजस्तो लाग्छ,’ उनले भने ।

नारायणगढ(बुटवल सडकको खण्ड(१ मा पर्ने ६५ किलोमिटर सडकमध्ये करिब १५ किलोमिटर सडकमात्रै गाडी गुडाउन सकिने अवस्थाको छ ।

दाउन्नेको १४ किलोमिटर उकालो सडकमा पक्की सडक देख्नै मुस्किल छ । दुम्किबासबाट दाउन्नेसम्मको सडकको सबै कालोपत्र उप्किएर ग्रामीण क्षेत्रको कच्ची सडकजस्तै बनेको छ ।

दशैँमा सरर गाडी गुडाउन पाइने

नारायणगढ(बुटवल सडक आयोजनाका सूचना अधिकारी कृष्ण आचार्यले खण्ड(१ मा रहेका सबै खाल्डाखुल्डी दशैँ अगाडि नै पुरेर सकिने बताए ।

‘चिनियाँ कम्पनीका प्रमुख मान्छेले दशैँसम्म सबै खाल्डाखुल्डी पुरेर सकाउने प्रतिबद्धता जनाउनुभएको छ । पुल निर्माणका लागि बनाइएका डाइभर्सनबाहेक सडकमा रहेका सबै खाल्डाखुल्डी पुरेर दशैँमा सरर गाडी गुडाउन पाइन्छ,’ उनले भने ।

निर्माण कम्पनीको कन्ट्रयाक्ट म्यानेजरले आयोजनालाई नटेरेपछि पुरानोलाई हटाएर कम्पनीले नयाँ कन्ट्रयाक्ट म्यानेजर पठाएको भन्दै आचार्यले नयाँ म्यानेजरले आफूहरुले भनेअनुसार काम गरेको बताए ।

‘केही समय अगाडि मात्रै नयाँ म्यानेजर आउनुभएको छ । आयोजनालाई ब्लेम नलाग्ने ९अबजस नआउने० गरी तीव्ररूपमा काम गर्छु भनेर उहाँले हामीसँग प्रतिबद्धता जनाउनुभएको छ,’ उनले भने ।

मनसुनसमेत सकिएकाले अब भत्किएका बाटो मर्मतसँगै सडक विस्तारको कामले तीव्रता पाउने उनले बताए । नारायणगढ(बुटवल सडकको खण्ड(१ मा काम सुरु भएको साढे दुई वर्षको अवधिमा करिब आठ प्रतिशत मात्रै काम सकिएको छ ।स्रोत रासस


प्रकाशित : २०७८ आश्विन ५, मंगलवार १४:२८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

धान उत्पादन बढाउन र कृषि आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

मुख्यमन्त्री आचार्य र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

बाणगंगा वेलफेयरको सामाजिक अभियानमा सक्रिय भूमिका निभाएका पौडेल सम्मानित

भर्खरै

  • थकाली खानाको स्वाद अब जितपुरमै, खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’

  • आज गाईजात्रा पर्व मनाइँदै

  • भोटेकोशी बाढीपछि मुग्लिङ–काठमाडौं सडकखण्ड पुनः सञ्चालनमा

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech